उकेरा न्युज

बुथ कब्जा गरी फर्जी मत हालेको भन्दै कांग्रेस र एमालेले उजुरी गरेपछि बाजुरामा मतगणना अनिश्चित


फाइल तस्बिर

काठमाडौं: बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो।

निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ।

यस्तै कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ। कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानबिन समिति टोली बाजुरामा पुगेको छ।

आगोगको टोली बाजुरामा 

मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुलछी श्रेष्ठको नेतृत्त्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो।

आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानबिनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताए।

टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौं फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए। 

निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत

मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा निर्वाचन अधिकृत रहेका छन्। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताए।

उनले आयोगबाट छानबिन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उकेरा टप फाइभ : सरकार छाडेपछि मिडियाप्रति रविले देखाएको आक्रोशदेखि गायिका मनिषाको प्रसव पीडा र खुसीकाे कथासम्म

आजका टप फाइभ महानगरले 'राम्रो व्यवस्थापन' भनेको बानेश्वरका फुटपाथ पसल राख्ने निजी भवनको ज्यादती, 'एक हप्ताको भाडा अग्रिम माग्दा व्यापारीले आत्महत्या गरे'

रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सार्वजनिक धम्की दिएकोमा महासंघको आपत्ति

आइतबार पार्टी सरकारबाट बाहिरिएसँगै उनले नेपाली सञ्चार क्षेत्रप्रति आलोचनात्मक अभिव्यक्ति दिएका थिए। महासंघ जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की....

चितवन-२ मा उपनिर्वाचन होइन, आफूलाई निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठकाे माग

आइतबार पत्रकार सम्मेलनमा बाेल्दै उनले चितवन-२ मा उपनिर्वाचन गर्नु नपर्ने पनि बताएका छन्। श्रेष्ठ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ मा लामिछानेसँग पराजित भएका....

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो ‘प्रत्यर्थी झिकाउने’ आदेश

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेकोमा चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। टीकापुर घटनामा थारुवान आन्दोलनका क्रममा २०७२ सालमा नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु....

रास्वपाले सराकार छाडेपछि प्रधानमन्त्रीले भने- ‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँछु’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सराकार छाडेपछि उनकाे याे प्रतिक्रिया आएकाे हाे। ‘सत्ता साझेदार दलको एकतालाई जसरी पनि बचाउँनुपर्छ भन्ने मेरो मान्यता हाे,’....