उकेरा कला

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज नेपाल, अमेरिका र रुसको प्रस्तुति मञ्चन हुँदै


काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ। भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ।

अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक र एकल नाटक हो।

यो नाटकले सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रूपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरूको इतिहास र संस्कृतिबारे बताउँछ। नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो।

त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मण्डन हुँदैछ। कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन्।

सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ। आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रूपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंग नाटकमा छ।

आइतबारै साँझ ७ः३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ। यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ।

शनिबार के के भयो?
शनिबार पनि दुई नाटकको चार मञ्चन भएको थियो। भारतको कथावाचन शैलीको ‘देस्देमोना रूपकम’ र स्पेन/इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन भएको थियो।

त्यस्तै महोत्सवको आकर्षणको रूपमा रहेको सुप्रशिद्ध अभिनेत्री शबना आजमीको मास्टरक्लस पनि सम्पन्न भएको छ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कियारा र सिद्धार्थको विहे ६ फेब्रुअरीमा, शाहरुख खानको एक्स बडिगार्डलाई सुरक्षाको जिम्मा

यो दरबारको हरेक दिनको भाडा एकदेखि दुई करोड भारुसम्म पर्ने गरेको छ। विहेमा आउने निम्तालुहरूका लागि मर्सिडिज बेञ्ज, ज्यागुअर, बीएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था....

मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने

यस पटक सात वटै प्रदेशमा अडिसन हुने भएको छ। जसअनुसार काठमाडौं अडिसन १८ मार्च २०२३ मा पार्क भिलेज, बूढानीलकण्ठमा हुनेछ। त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत....

फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

अर्को फर्स्टलुकमा शुभे्च्छा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ। तेस्रोमा शुभेच्छा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशीको मुड देखाइएको छ। निर्देशक....

बहिष्कार र विवादपछि विकास बोर्डको प्रष्टीकरण : सूर्य कर्पोरेशनलाई व्यवस्थापकीय जिम्मा दिइएको हो, ३० लाख होइन

शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले  युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको....

अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी

फिल्मका निर्माता, लेखक तथा डीओपी सुदिप बरालले साम्राज्ञीसँगको व्यक्तिगत दुश्मनीकै कारण बोर्ड अध्यक्ष भुवनले प्रिमियरको निम्तो अस्वीकार गरेको बताए। उनले भने, ‘बोर्डको अध्यक्ष भएपछि उहाँले व्यक्ति हेर्नु हुन्न....