काठमाडौं: महोत्तरीको क्षेत्र नम्बर १ बाट एमालेका लक्ष्मी महतो प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतपरिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले पछाडि छोड्दै विजयी भएका हुन्।
मंसिरपछि कसको सरकार !
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरे।
त्यसैगरी महोत्तरी–१ (क) प्रदेश सभामा एमालेकै शारदा थापा आठ हजार २४५ मत प्राप्त गरी विजयी भइन्। थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार ५८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए।
यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ। जिल्लामा चार प्रतिनिध सभा र आठ प्रदेश सभा क्षेत्र छन्।
२०७९ मंसिर ११ गते ७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।