नेपाल बाहिर

मेक्सिकोको समुन्द्रमा हराएका यात्रुको १५ घण्टापछि जीवितै उद्धार


एजेन्सी : मेक्सिको खाडीबाट हिँडेको पानीजहाजबाट बेपत्ता भएका एक व्यक्तिलाई १५ घण्टापछि समुन्द्रबाट जीवितै उद्धार गरेको छ।

२८ वर्षीय व्यक्ति बुधबार कार्निवल भ्यालोरको बारमा अन्तिम पटक आफ्नी बहिनीसँग देखिएका थिए। त्यसपछि उनी शौचालय गए र फेरि फर्किएनन्।

त्यसपछि उद्धार टोलीका सदस्यहरूले उनीहरुको खोजी सुरु गरे पनि फेला पार्न सकेनन्। करिब १५ घण्टापछि बिहीबार साँझ लुइसियानाको तटबाट करिब ३० किलोमिटर टाढा उनलाई फेला पारिएको हो।

मेक्सिकोको खाडीमा रहेको क्रुज जहाजबाट हराएका उनलाई १५ घण्टापछि समुद्रबाट उद्धार गरिएको बीबीसीले जनाएको छ। उद्धार गरिएकाको व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ।

यूएस कोस्ट गार्ड लेफ्टिनेन्ट सेथ ग्रोसले उद्धार गरिएका मानिस १५ घण्टाभन्दा बढि समय पानीमुनि भएको हुनसक्ने अनुमान गरेका छन्।

‘मैले कोही पनि यति लामो पानीमुनि भएको सुनेको छैन,’ उनले भनेका छन्, ‘र यो एक धन्यवाद चमत्कार हो।’

उनले अमेरिकी सञ्चार संस्था सीएनएनसँग आफ्नो १७ वर्षको करियरमा यस्तो घटना नदेखेको बताए।

मेक्सिकोको कोटमेल जाँदै गरेको जहाजबाट ती व्यक्ति कसरी पानीमा खसेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

२०१८ मा एक ४६ वर्षीया बेलायती महिलालाई एड्रियाटिक सागरबाट गइरहेको क्रुज जहाजबाट १० घण्टापछि उद्धार गरिएको थियो। त्यसपछि उनले निरन्तर योगबाट फाइदा भएको र पानीमा चिसोबाट बच्न राती गीत गाएको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....

मोदीको डकुमेन्ट्रीबारे बेलायतकाे टिप्पणी- BBC स्वतन्त्र मिडिया आउटलेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको बीबीसी डकुमेन्ट्रीलाई बेलायतमा बसोबास गर्ने केही भारतीयहरूको विरोधका बीच सरकारका प्रवक्ताले भने, ‘बीबीसीका आउटपुटहरू पूर्ण रूपमा स्वतन्त्र छन्, तर हामी भारतलाई....

बाइडेन निवासमा एफबीआईको छापा

बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति रहेका बाइडेन उपराष्ट्रपतिको रूपमा संवेदनशील कागजातहरू समावेश भएको मामलामा व्यापक अनुसन्धानको एक हिस्सा बनेका थिए। यद्यपि एफबीआईले यस विषयमा....