नेपाल बाहिर

‘महिलाहरू कपडा नलगाए पनि राम्रा देखिन्छन्’ भनेपछि भारतभर रामदेवको चर्को आलोचना


एजेन्सी : योग गुरु बाबा रामदेवको भनाइले महिलामाथि अपमानजनक टिप्पणी गरेपछि भारतमा रावदेवको चर्को विरोध, के भनेका थिए? रुप लिएको छ।

शुक्रबार महाराष्ट्रको थानेमा एक योग शिविरमा बाबा रामदेवले ‘महिलाहरू साडीमा राम्रा देखिन्छन्, सलवार सूटमा राम्रा देखिन्छन् र नलगाए पनि राम्रो देखिन्छन्।’ भनेका थिए।

यो योग शिविरमा बाबा रामदेवसँगै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी पनि मञ्चमा थिइन्। रामदेवको भनाइ रहेको यो भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको थियो।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले बाबा रामदेवको भनाइको आलोचना गर्दै उनले यसका लागि देशसँग माफी माग्नुपर्ने बताइन्।

रामदेवको कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका छोरा र सांसद श्रीकान्त शिन्दे पनि उपस्थित थिए।

बाबा रामदेवको यो भनाइप्रति प्रतिक्रिया दिँदै शिवसेना नेता सञ्जय राउतले पनि मञ्चमा अमृता फडणवीस पनि उपस्थित थिए तर उनले विरोध नगरेको बताए्।

सञ्चारकर्मीसँग कुरा गर्दै राउतले भने, ‘शिवाजीमाथि राज्यपालले अपमानजनक टिप्पणी गर्दा सरकार मौन रह्यो, कर्नाटकका मुख्यमन्त्रीले मराठे गाउँलाई कर्नाटकमा विलय गर्ने धम्की दिँदा सरकार मौन बस्यो र अहिले जब भाजपाका प्रचारक रामदेवले पनि महिलाको अपमान गरेका छन्। त्यसो भए के सरकारको जिब्रो केन्द्रको बन्धक बनेको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन, अन्तिम समय देशमै बिताउने इच्छा अधुरो

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो।  उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक....

५५ जनामा अन्धोपनको समस्या देखिएपछि भारतीय कम्पनीको औषधि अमेरिकाबाट फिर्ता

भारतीय कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले उत्पादन गर्ने यो आँखाको औषधिका कारण ब्याक्टेरिया फैलिएको भन्दै एजेन्सीले यसको प्रयोगबाट संक्रमण, अन्धोपन र मृत्युसमेत हुनसक्ने बताउँदै फिर्ता गरेको....

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुवै समूहले स्वचालित हतियारको....

लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन। यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्। टिभीमा....

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....