उकेरा खेल

फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?


काठमाडौं : खेलकुदको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो।

यस वर्ष कतारमा विश्वकप आयोजना हुँदैछ र लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। यसले कतारले वास्तवमा फुटबलको सबैभन्दा महंगो प्रतियोगिता कसरी आयोजना गरिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ।

खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ।

फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री (भीएआर)ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ।

यसका साथै फिफाले यसपटक महिला म्याच रेफ्रीहरूलाई खेल सञ्चालनका लागि समावेश गरेका छन्। विश्वका विभिन्न संघसंस्थाका लिग खेलहरूमा महिला रेफ्रीहरूको प्रदर्शनको नजिकबाट निगरानी राखेको फिफाले यसपटक हरेक खेलमा ३ महिला फिल्ड म्याच रेफ्री र ३ महिला सहायक रेफ्री समावेश गरेको हो।

फिफा विश्वकपमा कुल ३६ फिल्ड रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछन्। उनीहरुले सबै चरणमा जम्मा ६४ खेल खेलाउनेछन्।

फिफाले प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको भागको आधारमा तय गरेको छ। यसले लिग खेलहरू र नक–आउट खेलहरूका लागि फरक–फरक बनाएको छ।

समूह चरणका खेलमा म्याच रेफ्री र भिडियो सहायक रेफ्रीले समान ३ हजार डलर पाउँदा सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई २५ सय डलर दिइन्छ।

नकआउट चरणका खेल र फाइनल खेलमा म्याच रेफ्रीलाई १० हजार डलर उपलब्ध गराउँदा भिडियो सहायक रेफ्री, सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई ५ हजार डलर पारिश्रमिक दिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सन्दीप फर्किए नेपाली टिमकाे प्रशिक्षणमा, सामाजिक सञ्जालमा भने #BoyCottCAN अभियान

विशेषगरी सामाजिक सञ्जालमा क्यानकाे विरोधमा #BoyCottCAN अभियान चलाइएकाे छ भने अभियानकर्ताहरुले भाेलि शनिबार माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। #BoyCottCAN अभियानलाई समर्थन गर्दै ट्वीटरमा तुल्सीराम भुषालले लेखेका छन्, ‘क्रिकेटका....

सन्दीपको रिहाइविरुद्ध परेको पुनरावेदनमा सर्वाेच्चले माग्याे मूल मुद्दाकाे सबै कागजात

बलात्कार आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए। गत मङ्गलबार महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश....

नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन बाेलाइएको छ। क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा बाेलाउने बाटाे खुलेकाे चौधरीले बताए।  ....

भारतको कीर्तिमानी जितमा गिलकाे शतक, तोडे कोहलीको रेकर्ड

भारतले टि-२० अन्तर्राष्ट्रिय ‍इतिहासमा यति ठूलो रन अन्तरको जित हात पारेको यो नै पहिलो पटक हो। सिरिजको पहिलो खेल हारेको भारतले यो जितसँगै सिरिजको उपाधिमा....

म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा, उपाधिका लागि न्यूक्यासलसँग भिड्ने

पहिलो लेग ३-० ले जितेको म्यानचेस्टर युनाइटेडले यो जितसँगै समग्रमा ५-० काे जितसहित इएफएल कपको अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। गए राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा मार्सियाल....