उकेरा खेल

मिचेल ड्युकको निर्णायक गाेलमा अस्ट्रेलिया विजयी


काठमाडाैं : मिचेल ड्युकको निर्णायक गाेलमा अस्ट्रेलियाले फिफा विश्वकपको समूह ‘डी’मा शनिबार ट्युनिसियालाई १–० नतिजामा पराजित गरेको छ।

अल जानोब रंगशालामा जारी खेलको २३औं मिनेटमा ड्युकले हेडरमार्फत सुन्दर गोल गरेका थिए।

क्र्याग गुडबिनले बायाँतर्फबाट गरेको क्रसमा ड्युकले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो।

ट्युनिसियन गोलकिपर ऐमेन डामेनले रोक्ने कोसिस गरे पनि उनको प्रयास असफल बन्दा उत्तर अफ्रिकी मुलुकले गोल खायो।

ट्युनिसियाका मोहम्मद ड्रागरले ४१औं मिनेटमा ६ यार्ड बक्सको दायाँ तर्फबाट गरेको सशक्त प्रहार अस्ट्रेलियन सेन्टर ब्याक ह्यारी सोटारले उत्कृष्ट ब्लक गरे।

ट्युनिसियाविरुद्धको गोलसगै ड्युक विश्वकपमा हेडरमार्फत गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।

पूर्व कप्तान टिम काहिलले सन् २०१४ को विश्वकपमा सर्बियाविरुद्ध र २०१४ विश्वकपमा चिलीविरुद्ध हेडरमार्फत गोल गरेका थिए।

आजको जितसँगै पहिलो खेलमा फ्रान्स ४–१ गोलको नतिजामा पराजित भएको अस्ट्रेलिया समूह चरण पार गर्ने सम्भावना जिवित राखेको छ।

पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसियाको पनि नकआउटमा पुग्ने सम्भावना जिवित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राेनाल्डाेदेखि नेयमारसम्म: यी फुटबल स्टारहरुले मनाउँदै छन् आज जन्मदिन

रोनाल्डो जस्तै ब्राजिल तथा पीएसजीका स्टार खेलाडी नेयमारकाे पनि जन्मदिन फेब्रुअरी ५ मा नै हाे। यसलाई ठूलाे संयोग मानिन्छ कि विश्व फुटबलका यी दुई स्टारकाे जन्मदिन....

पीएसजी विजयी, मेस्सीको उत्कृष्ट गोल

खेलको २०औँ मिनेटमा गोल गर्दै टुलोज १-० ले अघि थियो। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए। पछि खेलको ३८औँ मिनेटमा पीएसजीका अस्राफ हकिमीले गोल गर्दै बराबरीमा....

एभर्टनसँग लिग लिगर आर्सनल पराजित, जेम्स टार्कोव्स्कीको निर्णायक गोल

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनलाई जित दिलाउन जेम्स टार्कोव्स्कीले निर्णायक गोल गरे। उनले खेलको ६०औं मिनेटमा डिविट म्यानिलको क्रसमा हेडरमार्फत गोल गरेका थिए।....

बलात्कार आराेपीलाई बन्द प्रशिक्षणमा सहभागी गराएपछि क्यानविरुद्ध प्रदर्शन

उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन गत मंगलबार फुकुवा गरेको थियो। निलम्बन फुकुवा गरेलगत्तै क्यानले बिहीबार उनलार्ए राष्ट्रिय टिममा समावेश गरी....

ह्विलचेयर बास्केटबल प्रतियोगिता: विजेता बन्यो पोखरा महानगर

प्रतियोगितामा हरियोखर्क अस्पतालको टिम दोस्रो र महिला–पुरुष सहभागी मिक्स टिम तेस्रो भए। चार टिम सहभागी भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार,....