बुटवल : माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्। बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार समेत थिए।