‘हेराफेरी ३’ निर्देशन गर्न अनीसले मानेनन्, ‘ड्रीम गर्ल’का निर्देशकसँग वार्ता चल्दै

‘हेराफेरी ३’ निर्देशन गर्न अनीसले मानेनन्, ‘ड्रीम गर्ल’का निर्देशकसँग वार्ता चल्दै

एजेन्सी : ‘हेराफेरी ३’ पछिल्लो केही दिनदेखि लगातार चर्चामा रहेको छ। फिल्मबाट अक्षय कुमार बाहिरिएकोदेखि कार्तिक आर्यनको प्रवेशसम्मका कारण फिल्म चर्चामा छ।

फिल्मका निर्माता फिरोज नाडियाडवाला र मुख्य अभिनेता कार्तिक आर्यन ‘हेराफेरी ३’लाई ‘भूल भुलैया २’का निर्देशक अनीस बज्मीद्वारा निर्देशित गरुन् भन्ने चाहन्छन्। तर, अनीस बज्मीले ‘हेराफेरी ३’ निर्देशन गर्न अस्वीकार गरेका छन्।

अनीस बज्मीले आफ्नो व्यस्त कार्यतालिकाका कारण ‘हेराफेरी ३’ निर्देशन गर्न अस्वीकार गरेको बलिउडहंगामाले लेखेको छ। अनीसले शाहिद कपूरको फिल्म निर्देशन गर्नेछन् त्यस लगत्तै अर्को सुपरहीरो कमेडी फिल्म पनि निर्देशन गर्दैछन्।

‘कार्तिक र फिरोज दुवै अनीसलाई बोर्डमा ल्याउन इच्छुक थिए, तर धेरै चरणको छलफल पछि, मिति टुंगो गर्न सकेनन्,’ स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ, ‘अनीसले अब हेराफेरी ३ निर्देशन गर्दैनन्। निर्देशन गर्न चाहन्थे तर मितिको कारण अहिले सम्भव छैन।’

कार्तिक र अनीसले चाँडै अर्को फिल्ममा सँगै काम गर्ने अपेक्षासमेत गरेको स्रोतको दाबी छ। ‘भुल भुलैया ३’ मा दुवैले सँगै काम गर्ने सम्भावना छ।

अनीस बज्मीले नभ्याउने भएपछि फिरोज र कार्तिक अब ‘ड्रीम गर्ल’ निर्देशक राज शान्डिल्यसँग ‘हेराफेरी ३’ निर्देशन गर्न वार्तामा छन्। यदि सबै ठीक भयो भने, राज शान्डिल्यले फिल्म निर्देशन गर्नेछन्।

१० मंसिर, २०७९, १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।