सोमाली सेनाले १५ अल-शबाब लडाकु मार्‍यो, तीन कार बम पनि नष्ट

सोमाली सेनाले १५ अल-शबाब लडाकु मार्‍यो, तीन कार बम पनि नष्ट

एजेन्सी: सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकु मारिएका छन्। सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्तिअनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको मृत्यु भएको हो।

"खावारीज (अल-शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाइँमा भारी पराजय भएको छ," मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

त्यसैगरी सेनाले तीन कार बमहरू पनि नष्ट गरेको छ। असफल आक्रमणको क्रममा दर्जनौँ लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ।

१० मंसिर, २०७९, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।