तीन युवतीको बलात्कार मुद्दामा क्यानेडियन पप स्टारलाई १३ वर्ष जेल

तीन युवतीको बलात्कार मुद्दामा क्यानेडियन पप स्टारलाई १३ वर्ष जेल

एजेन्सी : तीन महिलाको बलात्कार गरेको पुष्टि गर्दै अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई १३ वर्षको जेल सजाय सुनाएको छ।

बेइजिङको चाओयाङ जिल्ला अदालतले वुले तीन महिलालाई बलात्कार गरेको प्रमाणित गरेको हो। बलात्कार पीडित तीनै महिलाले मदिरा पिएकाले प्रतिरोध गर्न नसेको भन्दै उनलाई १३ वर्ष सजाय तोक्दै देश निकाला गर्ने भएको हो।

गत जुलाई ३१ मा १८ वर्षीय चिनियाँ विद्यार्थीले आफू सहित अन्य १८ वर्ष मुनिका केटीहरूलाई उनले यौन सम्पर्क गर्न उक्साएको आरोप लगाएपछि वु पक्राउ परेका थिए।

९ मंसिर, २०७९, १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।