उकेरा प्रदेश

मधेश प्रदेशसभा : ६४ मध्ये ५० सिटको मतपरिणाम सार्वजनिक, कसले कति सिट पाए ?


काठमाडौं : प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणमा आउनेक्रम जारी छ। यसैबीच मधेश प्रदेशका ६४ मध्ये ५० स्थानको मतपरिणाम आएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा नेपाली कांग्रेस र एमाले प्रतिस्पर्धात्मक भएर अघि बढिरहेका छन्।

यहाँ कांग्रेसले १० ठाउँमा जित र १ ठाउँमा अग्रता बनाउँदा एमालेले ९ स्थानमा जित र ५ स्थानमा अग्रता बनाएको छ।

आफूलाई मधेशकेन्द्रीत दल भनेर चिनाउन चाहने जनता समाजवादी पार्टीले यहाँ ७ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ।

अर्को मधेशकेन्द्रीत पार्टी लोकतान्त्रिक ससाजवादी पार्टीले यहाँ ७ स्थानमा जित्दा २ स्थानमा अग्रता बनाएको छ।

सिके राउत नेतृत्त्वको जनमत पार्टीले जसपा र लोसपालाई पछ्याइरहेको छ। यहाँ उसले ५ स्थानमा जित्दा १ स्थानमा अग्रता बनाएको छ।

माओवादी र एकीकृत समाजवादी मधेशमा पनि खुम्चिएका छन्। उनीहरूले यहाँ समान चार–चार सिट ल्याउँदा स्वतन्त्र सांसदले ५ स्थानमा विजयी भएर एक ठाउँमा अग्रता बनाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बैंक तथा वित्तीय संस्थाले दुःख दिएको भन्दै पोखराका व्यवसायीले थाले संघर्षका कार्यक्रम

पछिल्लो समय आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएका बेला बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई प्रताडित पर्ने कार्य गरेकाले यस गलत काम प्रति बाध्य भएर संघर्षमा उत्रिन....

झापामा सिटी सफारी अनियन्त्रित भइ पल्टिंदा चालकको मृत्यु

आज बिहान राजमार्गकाे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ह ७६२९ नम्बरको सिटी आफैं अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे। जसमा घाइते भएका ढुंगानाको उचारको क्रममा मृत्यु भएको इलाका प्रहरी....

बुटवलका बासिन्दाले पाउने भए रगत सम्बन्धी सबै सेवा निःशुल्क

जसअनुसार अब बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गराउँदा आवश्यक पर्ने रगत र रगतजन्य सेवा लिंदा शुल्क नलाग्ने व्यवस्था भएको हो। यस सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल....

लुम्बिनीको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, प्रदेश सभाको बैठक भोलि बस्दै

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ। यता प्रदेश सरकार विस्तारमा भने ढिलाइ....

उपमहानगरहरूको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

उपमहानगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरहरूका साझा समस्याहरुको समाधानमा एकीकृत पहल गर्ने र साझा तथा एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको बताए। सम्मेलनमा देशका ११....