नुवाकोट–२ : दोस्रो हुन प्रतिस्पर्धा गर्दै खतिवडा र पाण्डे, केसी १० हजार मतले अघि

नुवाकोट–२ : दोस्रो हुन प्रतिस्पर्धा गर्दै खतिवडा र पाण्डे, केसी १० हजार मतले अघि

काठमाडौ : नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच दोस्रो हुन प्रतिस्पर्धा गरिरहेका छन्।

५४ हजार ७०० मत गणना हुँदा एमालेका नारायण खतिवडाले १३ हजार ४९३ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।

उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १२ हजार ६६२ मत ल्याएका छन्। खतिवडा र पाण्डे प्राप्त मतका आधारमा क्रमशः दोस्रो र तेस्रो छन्।

पहिलो स्थानमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुनरसिंह केसी १० हजारभन्दा बढि मनान्तरले अगाडि छन्। उनले २३ हजार ६१८ मत प्राप्त गरेका छन्।

२०७४ को निर्वाचनमा माओवादीसँग एकता गरेर निर्वाचनमा जाँदा यस क्षेत्र माओवादीको भागमा परेको थियो।

मंसिर ९, २०७९ शुक्रबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।