आइएमई पे र मेरो किरानाबीच १५ प्रतिशत छुट दिने सम्झौता  

आइएमई पे र मेरो किरानाबीच १५ प्रतिशत छुट दिने सम्झौता  

काठमाडौं : आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धी सम्झौता भएको छ।

मेरो किरानाको ‘महाबचत सेल विक’लाई लक्षित गरी ग्राहकका लागि अफर सार्वजनिक गरिएको हो।

यसअन्तर्गत ग्राहकले मेरो किरानाको वेबसाइट वा एपबाट सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गरी १५ प्रतिशत छुट पाउन सक्नेछन्। यद्यपि यो रकम एक पटकमा अधिकतम ३ सय रूपैयाँसम्म मात्र हुनेछ।

सम्झौताले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने कम्पनीको दुवै कम्पनीको विश्वास छ। 

९ मंसिर, २०७९, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।