स्मार्टच्वाइस टेक्नोलोजिज र सन्राइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सन्राइज बैंकबीच सम्झौता

काठमाडौं : स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकका लागि स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि सम्झौता भएको छ।

सम्झौतापछि सन्राइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा स्मार्ट क्यूआरबाट भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन्।

८ मंसिर, २०७९, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।