काठमाडाैंका टाेल-टाेलमा विश्वकप फुटबल स्क्रिनिङका लागि सम्झाैता

काठमाडाैंका टाेल-टाेलमा विश्वकप फुटबल स्क्रिनिङका लागि सम्झाैता

काठमाडाैं : कतारमा जारी फिफा विश्वकप काठामाडाैंका टाेल-टाेलमा देखाइएकाे छ।

सागर डिस्टिलरी ब्रान्डकाे राेयल ब्लूले विश्व कप खेलहरू विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका विभिन्न युवा क्लबहरूसँग सम्झौता गरेको हाे।

राेयल ब्लूले प्रदर्शन गरिने स्थानहरूमा अनुमान गर र जित प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ।

जहाँबाट एक भाग्यशाली विजेताले थाइल्याण्डमा छुट्टीको यात्रामा जाने मौका पाउनेछन्।

मार्केटिङ प्रमुख ऋतिक शाहीका अनुसार स्थानीय समुदायहरूले आफ्ना साथीहरू र परिवारसँग वर्ल्डकप स्क्रिनिङको आनन्द लिइरहेका छन्।

साथै उनीहरू थाइल्याण्ड छुट्टी यात्रा जित्ने मौका पाउँदा उत्साहित पनि छन्।

८ मंसिर, २०७९, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।