बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

ललितपुर : उम्मेदवारी कायम रहने वा नहरने हो भन्ने अन्यौलकाविच सर्वोच्च अदालतको साथ पाएकी तोसिमा कार्कीले सशस्त्र विद्रोहबाट उदाएकी पम्फा भुसाललाई पराजित गर्दै सांसद भइन्।

ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी उनले स्थापित दलका स्थापित नेतालाई पराजित गरिन्।

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत पाए। प्रतिस्पर्धी मानिएकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत पाइन्।

निर्वाचन कार्यालयले अन्तिम मत परिणाम घोषणा गरेपछि तोसिमा आफ्ना परिवारका सदस्य र समर्थक सहित जाउलाखेलमा रहेको स्टाफ कलेजमा आइपुगेकी थिइन्। उनीसँगै उनको बाबु आमा पनि प्रफुल्ल हुँदै विजयोत्सवमा सहभागी भएका थिए।

उनले आफ्ना समर्थकहरूलाई छोटो सम्बोधन गर्दै भनिन्' सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु।'

चिकित्सा पेसामा संलग्न रहेकी उनी केही महिना अगाडि मात्रै राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा सक्रिय थिइन्। उनी नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा रहेरै उम्मेदवारी दिएपछि परेको उजुरीमा निर्वाचन आयोगले सरकारी लाभको पदमा रहेको भन्दै खारेज गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर उम्मेदवारी कायम गरेको थियो।

८ मंसिर, २०७९, १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।