उकेरा कला

ब्याल्कपिंककी लिजा कोरोना संक्रमित


एजेन्सी। विश्वभर चर्चामा रहेको कोरियन केटीहरूको ब्याण्ड ब्ल्याकपिंककी एक सदस्य लिजालाई कोरोना भएको छ।

ब्ल्याकपिंक एजेन्सी वाइजी इन्टरटेटमेन्टले विज्ञप्ति निकालेर ब्याण्डकी सदस्य लिजालाई कोरोना भएको बताएको हो।

लिजाको रिपोर्ट पोजेटिभ आएसँगै ब्याण्डका अन्य सदस्यहरू जिसु, जेन्नी र रोजीको पनि स्वाब परीक्षणका लागि पठाइएको वाइजी इन्टरटेटमेन्टले विज्ञप्तिमार्फत जनाएकाे छ।

वाइजी इन्टरटेटमेन्टले भनेको छ, 'हामीले यो सूचना जतिसक्दो छिट्टो प्रस्तुतकर्ता र कर्मचारीहरूलाई दिइसकेका छौं। हामी काम भने रोक्दैनौं, स्वास्थ्य सहयोगसँगै काम जारी रहन्छ। उनको स्वास्थ्य अवस्थाबारे पछि पनि जानकारी दिने वाइजी इन्टरटेटमेन्टले बताएको छ।'

लिजाले सोलो डेब्यु एल्बम तीन महिनाअघि सेप्टेम्बरमा ल्याएकी थिइन्। उक्त एल्बम ७ लाख, ३६ हजार कपी रिलिज हुने बित्तिकै बिक्री भएको थियो।

त्यहि दिन युट्युबमा सार्वजनिक म्युजिक भिडियोलाई २४ घण्टा नपुग्दै ७३ दशमलव ६ मिलियनले हेरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज नेपाल, अमेरिका र रुसको प्रस्तुति मञ्चन हुँदै

अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक र एकल नाटक हो। यो नाटकले सन् १९९० देखि २०००....

‘हेराफेरी ३’ निर्देशन गर्न अनीसले मानेनन्, ‘ड्रीम गर्ल’का निर्देशकसँग वार्ता चल्दै

फिल्मका निर्माता फिरोज नाडियाडवाला र मुख्य अभिनेता कार्तिक आर्यन ‘हेराफेरी ३’लाई ‘भूल भुलैया २’का निर्देशक अनीस बज्मीद्वारा निर्देशित गरुन् भन्ने चाहन्छन्। तर, अनीस बज्मीले ‘हेराफेरी....

अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन, शबाना आजमीको 'मास्टर क्लास'

पाँच राष्ट्रिय अवार्ड र विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी आजमीलाई भारत सरकारले १९९८ मा पद्मश्री र सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको छ। आज साढे सात....

तीन युवतीको बलात्कार मुद्दामा क्यानेडियन पप स्टारलाई १३ वर्ष जेल

बेइजिङको चाओयाङ जिल्ला अदालतले वुले तीन महिलालाई बलात्कार गरेको प्रमाणित गरेको हो। बलात्कार पीडित तीनै महिलाले मदिरा पिएकाले प्रतिरोध गर्न नसेको भन्दै उनलाई १३ वर्ष....

अभिनेता सुशान्त सिंहको म्यानेजरको मृत्युबारे सिबिआइले सार्वजनिक गर्‍यो नयाँ तथ्य

यही बिचमा सिंहको मृत्युलाई समेत सिंहको रहस्यमय मृत्युसँग लगेर विश्लेषण गर्दै उनको हत्या भएको आशङ्का गरिएको थियो। उनको मृत्युको कारण थियो घरको छतबाट खस्नु। सिबीआइले....