उकेरा न्युज

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘मामूली’ भन्दै ओलीले भने ‘हाहा र हुहुले देश त चल्दैन’


काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति र कार्यक्रमविनाको हाहा र हुहुले देशलाई गन्तव्यमा लान नसक्ने बताएका छन्।

झापामा विजय भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले देश हाहा र हुहुमा नचल्ने बताएका छन्। उनले रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई सामान्य रूपले हेर्नुपर्ने बताए।

‘केही ठूलो कुरा होइन, स्वभाविक कुरा हो, मामूली कुरा हो,’ उनले भने, ‘सञ्चारमाध्यमको कृपाले भएको हो, बौद्धिक जगतले देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ।’

उनले नयाँ राजनीतिक दलसँग गन्तव्य, नीति, कार्यक्रम नभइ हावादारीको भरमा आएको आरोप लगाए। सञ्चारमाध्यम र बौद्धिक जमातले पनि त्यसलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ।

‘हाहा र हुहुमा देश त चल्दैन, त्यतापटि प्रोत्साहन गर्ने कुराले भविष्यलाई अध्यारोतर्फ लैजान्छ,’ उनले थपे, ‘हाहा हुहुमा देशलाई लान खोज्ने कुरा नेपालको हितमा छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान सुरु

उक्त मतदान केन्द्रका चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर....

गाउँपालिकाको बैठक सकेर फर्कँदै गर्दा हृदयघात भई वडाध्यक्षको निधन

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै....

मौसम: उल्लेखनीय प्रणाली छैन, सामान्यतया सफा हुने

यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा....

'नो नट अगेनलाई' असफल बनाउँदै नारायण खड्का चौथो पटक सांसद भए

परराष्ट्रमन्त्री समेत रहेका उनी ३१ हजार २७० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत ल्याइन्। उदयपुर-१....

गगनले भने : मङ्सिर १५ पछि संसदीय दलको नेताको निर्वाचनमा जुट्छु

मङ्सिर १५ सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको र त्यस लगत्तै सम्पूर्ण रूपमा संसदीय दलको नेताको निर्वाचनमा केन्द्रित हुने उनले बताए। 'शुक्रवारसम्म....