मंसिरपछि कसको सरकार !

कमल थापालाई पराजित गर्दै २३ वर्षपछि संघीय संसद्को निर्वाचनमा सफल राप्रपाका सिंह


काठमाडौं : एमालेका कमल थापालाई पराजित गर्दै मकवानपुर–१ मा राप्रपाका दिपकबहादुर सिंह २३ वर्षपछि संसदीय निर्वाचनमा निर्वाचित भएका छन्।

सुरुवातदेखि नै तेस्रो भइरहेका उनी अन्तिम समयमा ह्वात्तै मत आएपछि एमालेका कमल थापा र सत्ता गठबन्धनकी डिना संग्रौलालाई पराजित गर्दै विजयी भएका हुन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उप–महानगरपालिकाको प्रमुख पदका दाबेदार थिए। तर, यनी पराजित भएका थिए।

२०५४ सालमा हेटौंडा नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा पराजित उनले यसपालीको निर्वाचनमा भने विजयी भएका हुन्।

२०६४ को संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भए पनि उनी सांसद बन्न सकेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एमालेका खतिवडालाई हराउँदै मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

निर्वाचन कार्यालयले शनिबार साँझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्बूले २५ हजार ७९४ मत ल्याउँदा खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरेका थिए। विसं २०७४....

रामेछाप: कांग्रेसका पूर्णबहादुर निर्वाचित, एमालेका ढुङ्गेल पराजित

तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा एमालेका ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे। तामाङ २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए।....

महोत्तरी–१: माओवादीका गिरिराजमणिलाई हराउँदै एमालेका महतो निर्वाचित

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरे। त्यसैगरी महोत्तरी–१ (क) प्रदेश सभामा एमालेकै शारदा थापा आठ....

चार ठाउँमा ‘घण्टी’ बज्दा पाँच ठाउँमा कांग्रेस विजयी, कृष्णगोपालले जोगाए एमालेको बिउ

केन्द्रीय राजधानीसमेत रहेको काठमाडौंमा यसपटक नयाँ पार्टीका नयाँ नेताहरूले पकड बनाउँदा ठूला पार्टी भनिएको एमाले गुमनाम झैँ देखियो। ०७४ को निर्वाचनमा काठमाडौंका ६ वटा क्षेत्रमा....

रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन्। बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६....