अन्तिम संस्कार गरिसके पनि जलेन एक वृद्धको दिल

अन्तिम संस्कार गरिसके पनि जलेन एक वृद्धको दिल

एजेन्सी: भारतको उत्तर प्रदेशको अलिगढ जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ। चिता जलाएपछि आफन्तले बिहान शवदाह गृहमा हड्डी जम्मा गरिरहेका थिए।

यसै क्रममा अचानक मृतक दयारामको मुटु पनि हड्डीसहित फेला परेको आफन्तले बताएका छन्। मृतकको मुटु आफन्तले घर ल्याएपछि गाउँले पनि स्तब्ध भएका थिए। त्यसैको कारण यो घटना वरपरका गाउँमा चर्चाको विषय बनेको छ।

वास्तवमा यो घटना थाना लोढा क्षेत्रको नौगावान अर्जुनपुर गाउँसँग सम्बन्धित छ। गाउँका ८२ वर्षीय दयाराम उमरको गएराति हृदयघातका कारण निधन भएको थियो। त्यसपछि दयारामको शवलाई विधिपूर्वक जलाइएको थियो। उनको ८२ वर्षको उमेरमा निधन भएपछि परिवारका सदस्य खरानी संकलन गर्न शवदाह गृह गएका थिए। आफन्तका अनुसार यसै क्रममा हड्डी खरानी भइसकेको थाहा भयो तर दयारामको मुटु शरीरमा पहिले जस्तै थियो। यो सुनेर गाउँका सबै स्तब्ध भएका थिए।

घटनाको जानकारी पाएपछि वरपरका गाउँका मानिसहरु पनि दयारामको मुटु हेर्नको लागि भीड लागेका थिए। अहिले गंगामा हड्डी विसर्जनसँगै मुटु विसर्जन गर्ने निर्णय गरिएको गाउँका सम्भ्रान्त नागरिकले बताएका छन् ।

८ मंसिर, २०७९, १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।