चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

संघीय गणतन्त्र नेपालमा दोस्रो महा–निर्वाचन सकिएको छ। यो चुनाव व्यक्तिगत हिसाबले मेरा लागि घाटाको व्यापार भयो। 

मैले दुई दशक लगाएर हुर्काएको र सजाएको मेरो फेसबुक पेज ह्याकरले लुट्यो। ट्विटरमा मैले झण्डै तीन लाख फलोअर्स कमाएको थिएँ। त्यो पनि ह्याकरले लुट्यो।

यो पिरलोले त गिजोलेकै थियो- अहिले आएर एनसेलसँग मैले किनेको मोबाइल टेलिफोन सेवा ९८०२०३१८८१ पनि निष्क्रिय रहेको छ।

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश अङ्ग्रेजी भाषामा पनि सुनाइन्छ– सरी, योर कल इज रेष्ट्रिक्टेड।

हुन सक्छ, चुनावको मौसममा म र म जस्तालाई सरकार वा निर्वाचन आयोगकाविरुद्ध केही बोल्न नदिन एनसेलको व्यवस्थापनलाई टेलिफोन सेवा नै निषेध गर्न लगाएको हो। यो निषेध कसको आदेशमा गरेको रहेछ? म एक जनाको मात्रै सेवा बन्द गरेको पक्कै होइन होला। दूरसञ्चारका विशेषज्ञहरूका अनुसार एक जना व्यक्तिको मात्र फोन बन्द गर्नु खर्चिलो हुन्छ। व्यक्तिहरूको समूहलाई कल निषेध गर्दा सस्तो पर्दछ।

कल सकिएसँगै मोबाइलमा अङ्ग्रेजी भाषामा अर्को सन्देश आउँछ– यू क्याननट मेक आउटगोइङ कल्स व्हाइल कल ब्यारिङ इज अन। 

त्यसपछि देखिने 'ओके' शब्दलाई थिचेर कल बन्द गर्दै त्यो संसारबाट बाहिर निस्किनुको विकल्प रहँदैन। कतै मोबाइलमा ‘ब्यालेन्स’ सकिएर त त्यस्तो अद्भूत सन्देश आएको होइन? सधैँ त ब्यालेन्स सकिएको सामान्य सन्देश आउँथ्यो। के थाहा, एनसेल कम्पनीले आफनो बिजनेस स्ट्राटेजी बदलेछ कि?

भलै देशको सरकारले म जस्तो सामान्य मान्छेको वाणीको स्वतन्त्रताको दायित्व किन लेओस्? सामान्य मानिसको स्वतन्त्रताको रक्षा गर्ने चासो किन देखाओस्? 

त्यसको आवश्यकता अहिलेसम्म बनेका कुनै पनि सरकारले महसुस गरेका छैनन्। एनसेल कम्पनी खडा गर्दाको अवस्थामा सत्तामा रहेका नेताहरूलाई एनसेलका मालिक र संचालकहरूले कति नजराना चढाए होलान्?

आखिर यो कुरा पनि त राख्नु पर्यो। मैले बुझ्न नसकेको कुरा यति मात्रै हो-मैले एनसेल कम्पनीसँग किनेको मोबाइल फोनको सेवा प्रयोग गरेर कसैसँग कुरा गर्ने अधिकार एनसेलले कुन नियम र कुन कानूनको दायरामा रहेर निषेध गरेको रहेछ?

हुन सक्छ, चुनावको मौसममा म र म जस्तालाई सरकार वा निर्वाचन आयोगकाविरुद्ध केही बोल्न नदिन एनसेलको व्यवस्थापनलाई टेलिफोन सेवा नै निषेध गर्न लगाएको हो। यो निषेध कसको आदेशमा गरेको रहेछ? म एक जनाको मात्रै सेवा बन्द गरेको पक्कै होइन होला। दूरसञ्चारका विशेषज्ञहरूका अनुसार एक जना व्यक्तिको मात्र फोन बन्द गर्नु खर्चिलो हुन्छ। व्यक्तिहरूको समूहलाई कल निषेध गर्दा सस्तो पर्दछ।

दरबारमार्ग, काठमाडौं। भर्खरै दरबारको मूल ढोकाको छेउमा बनेको दरबार मलमा सरेको रहेछ एनसेलको कार्यालय। भुईँ र भित्ता दुवै टलक्क टल्किने। 

काम नपाएर ल्यापटप अगाडि त्यतिकै उँघेर बसेका कर्मचारीसँग भेटन पनि टोकन लिनुपर्ने। मैले त्यहाँका कर्मचारी एक जना सुन्दर भाइसँग आफनो व्यथा बिसाएँ। 

उनले शायद मेरो कुरा बुझेनन् प्राविधिक पनि र प्रायोगिक पनि। उनले अनपत्यारिलो मुख लगाएर दुई चार पटक मेरो मोबाइल डायल गरेर कल निषेध गरेको सूचना सुने। केही भेउ नपाएपछि छेउमै बसेकी कर्मचारी सुन्दर बहिनीलाई ‘केस’ सुम्पिदै उनी पन्छिए। 

बहिनीले पनि कुरा बुझिनन्। कसरी बुझुन्। उनले मलाई अलमल्याउने कुटनीति गर्न थालेपछि म झोक्किएँ। र, त्यहाँबाट निस्किएँ।

नेपालमा एनसेल कम्पनीको चिफ को छन्? मलाइ थाह छैन। नेपालको राजनीतिक वृत्तमा उनको प्रभाव कति छ? मलाइ त्यो पनि थाह छैन। नेपाली टेलिकम संसारका दुई दिग्गज भूपराज पाण्डे र सुगत कंशाकारसँग घनिष्ठ मित्रता रहेको हो। त्यसपछिका उथलपुथलहरूमा त्यति ध्यान दिइएन।

साइबर संसारमा डकैती गरेर बिटकोइन कमाउने डाँका वा डाँकाहरूको समूहले चुनावकै सेरोफेरोमा डकैती गरेको मेरो फेसबुक र ट्विटर फिर्ता गराइदिने सामर्थ्य देशका माननीय गृहमन्त्री, प्रमुख प्रहरी प्रशासकको सचिवालय र प्रहरीको साइबर ब्यूरोसँग छैन भन्ने मलाई थाह छ। 

    
चुनावअघि नै कम्प्युटरमा ‘उकेरा फ्राइडे’ नामको फाइल खोलेर कान्तिपुर गाथा लेख्ने तयारी गरेर बसेको थिएँ। तर, चुनाव सकिएपछि पनि मनमा अझै लेख्ने जोश चढेको छैन।

प्रारम्भिक समयको चुनावी सेरोफेरोमा ह्याकरले मेरो फेसबुक र ट्विटर बलपूर्वक जफत गरेर सामाजिक सञ्जालबाट मेरो अस्तित्व नै नामेट पार्न खोजेपछि मलाई लेख्नेभन्दा पनि त्यो ह्याकरलाई भेटेर उसको अन्तर्वार्ता गर्ने रहर लाग्न थालेको हो। 

मलाई थाह छ – त्यो शक्तिशाली ह्याकरलाई म भेट्न सक्दिनँ। किनभने यो देशका साधारण नागरिकभन्दा ऊ धेरै गुणा शक्तिशाली छ: बहुतै शक्तिशाली मानिसहरूले उसको काँध थपथपाएका छन्।

साइबर संसारमा डकैती गरेर बिटकोइन कमाउने डाँका वा डाँकाहरूको समूहले चुनावकै सेरोफेरोमा डकैती गरेको मेरो फेसबुक र ट्विटर फिर्ता गराइदिने सामर्थ्य देशका माननीय गृहमन्त्री, प्रमुख प्रहरी प्रशासकको सचिवालय र प्रहरीको साइबर ब्यूरोसँग छैन भन्ने मलाई थाह छ। 

त्यसैले मैले कसैसँग पनि आफनो गुनासो गरिनँ। हो, नियमानुसार आफैं साइबर ब्यूरोमा पुगेर आफनो फेसबुक र ट्विटर ह्याक भएको निवेदन बुझाएँ। साइबर प्रहरीका साथीहरूले मृदु मुस्कानसहित मप्रति सद्भाव देखाउनु भयो। म पनि ङिच्च हाँसे।

विधाताले हरेक मानिसको भाग्यको निर्माण गरेजस्तै राजनीतिक क्षेत्रमा दलाली गरेर दाम कमाउने बानी परेका मानिसले हरेक पटकको चुनावमा परिणाम आउनुअघि नै ‘कसको जित र कसको हार?’ ठोकुवा गरी हाल्दछन्। मतगणनाभन्दाअघि नै शहर–बजारका सडक र गल्लीमा बिसात थापेर बसेका राजनीतिक ज्योतिषले पासाको खेल सुरु गर्न थाल्छन्।

मलाई थाह छ– उहाँहरूले मप्रति सद्भाव देखाउँदैमा ह्याक भएको मेरो फेसबुक र ट्विटर फिर्ता हुने होइन। त्यो फिर्ता गर्न उहाँहरूले काम गर्नुपर्दछ। 

तर, अहिलेको सिजन भनेको चुनावको सिजन हो। यो सिजनमा नागरिक होस् वा सेना–प्रहरी, सबैले चुनावको काम गर्नुपर्छ!

चुनावमा राजनीतिक पार्टीले जित्छ कि निर्दलीय स्वतन्त्र उम्मेदवारले जित्छ? यसको कुनै ठेगान हुँदैन। चुनावमा जनताले खसाएको मत गनेर नसक्दै ‘अब कसले हार्छ?’ भन्ने प्रश्न सुरु भइहाल्दछ। यो बुझ्न नसकिने विषय हो।

पूरै चुनाव परिणाम नआएसम्म भावी राजनीतिमा के हुन्छ र कसो हुन्छ? कसैले अनुमान गर्न सक्ला तर इदमित्थ केही भन्न सक्दैन।

चुनावमा खसेको मतको गणना नभएसम्म कसैको भाग्यको नतिजा निकाल्न गाह्रो हुनुपर्ने हो। तर, हाम्रो देशमा विश्वास छ– हरेक नवजात शिशु संसारमा अवतरण गरेको छैठौँ दिन भावी अर्थात् विधाताले उसको भाग्यमा सुख र दुःखका रेखाहरू कोर्दछ। यो विश्वासले जरो गाडेको छ हाम्रो समाजमा। 

विधाताले हरेक मानिसको भाग्यको निर्माण गरेजस्तै राजनीतिक क्षेत्रमा दलाली गरेर दाम कमाउने बानी परेका मानिसले हरेक पटकको चुनावमा परिणाम आउनुअघि नै ‘कसको जित र कसको हार?’ ठोकुवा गरी हाल्दछन्। मतगणनाभन्दाअघि नै शहर–बजारका सडक र गल्लीमा बिसात थापेर बसेका राजनीतिक ज्योतिषले पासाको खेल सुरु गर्न थाल्छन्।

डकैती भएको मेरो फेसबुक, ट्विटर र निषेधित मोबाइल नम्बर ९८०२०३१८८१ को त कुनै न कुनै बेला पत्ता लाग्ला। तर, देशको नाममा हजारौँ हजार आत्माहरू मृत्युको मुखमा परेका छन्। 

यो पटक मैले मतदान गरिनँ। मैदानमा क्रान्तिकारी रामकुमारी झाँक्रीदेखि कलाकार कोमल ओलीसम्म, रेडियोकर्मी रवीन्द्र मिश्रदेखि टेलिभिजनकर्मी रवि लामिछानेसम्म– एक से एक कलाकार उपस्थित नभएका होइनन्। 

आफूले कहिल्यै नदेखेको अर्थात् आफनो जन्मअघि नै काल–कवलित भैसक्नु भएकी हजुरआमाको समेत श्राद्ध गरेर पितृको उद्धार गर्ने नेपाली समाजमा मतदान गर्न मन नलाग्नु सानो कुरा होइन। 

चुनावमा जसले जसलाई भोट हाले पनि र नहाले पनि, जित जनताको होइन, जसले जित्छ उसैको हुने हो।

डकैती भएको मेरो फेसबुक, ट्विटर र निषेधित मोबाइल नम्बर ९८०२०३१८८१ को त कुनै न कुनै बेला पत्ता लाग्ला। तर, देशको नाममा हजारौँ हजार आत्माहरू मृत्युको मुखमा परेका छन्। 

मेरो त सानो कुरा हो। यो अर्कै कुरा हो- ती साना कुराको थुप्रोमा धेरै ठूला कुरा पुरिएका छन्।

‘कान्तिपुर गाथा’को यो सन्दर्भपछि म आफना शुभचिन्तक मित्रहरूलाई यो जानकारी गराउन चाहन्छु– मेरो चिटिक्क परेको यौवनकालीन फोटो टाँसिएको फेसबुक पेज र मेरो नाम उल्ट्याएर @nepalkishore को नाममा प्रचलनमा ल्याउन खोजिएको ट्विटर अकाउण्ट मेरो होइन। 

यी नक्कली अकाउण्टमा मलाई साथीको रूपमा प्रस्ताव पठाउने वा पछ्याउने काम नगर्नु हुन अनुरोध गर्दछु।

८ मंसिर, २०७९, १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।