नेपाल बाहिर

नाइजेरियामा दुईटा बस ठोकिँदा ३७ जनाको मृत्यु


एजेन्सी: नाइजेरियामा मङ्गलबार भएको बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ। नाइजेरियाको उत्तरपूर्वी बोर्नाे राज्यमा दुई बस आपसमा जुधेका थिए।

बोर्नाे प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन्। बस ठोक्किँदा बसमा आगो लागेको उनले बताए।

बसमा आगो लागेपछि अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ। बोर्नाे राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो।

दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ। सडकमा बस ठोकिएर निकै परसम्म पुगेको थियो। यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो।

नाइजेरियामा यस्ता सडक दुर्घटनाहरू प्रायः हुने गरेका बताइन्छ। खासगरी खराब अवस्थामा रहेका सडकहरू तथा यहाँका चालकहरूले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरू हुने गरेका प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....

अपराधीजस्तै व्यवहार: बेलायतको सीमामा गलत ढंगले थुनिएका नेपाली विद्यार्थी सुलभ खड्का

१६ घन्टाको यात्रापछि पनि डिग्री लिन थालेको छैन। उनले दुई जनाको नाम मात्रै लिन सके। उनलाई आफ्नो योग्यता दिने परीक्षा निकायको नाम पनि सोधियो....

मेक्सिकोको समुन्द्रमा हराएका यात्रुको १५ घण्टापछि जीवितै उद्धार

२८ वर्षीय व्यक्ति बुधबार कार्निवल भ्यालोरको बारमा अन्तिम पटक आफ्नी बहिनीसँग देखिएका थिए। त्यसपछि उनी शौचालय गए र फेरि फर्किएनन्। त्यसपछि उद्धार टोलीका सदस्यहरूले उनीहरुको....

‘महिलाहरू कपडा नलगाए पनि राम्रा देखिन्छन्’ भनेपछि भारतभर रामदेवको चर्को आलोचना

शुक्रबार महाराष्ट्रको थानेमा एक योग शिविरमा बाबा रामदेवले ‘महिलाहरू साडीमा राम्रा देखिन्छन्, सलवार सूटमा राम्रा देखिन्छन् र नलगाए पनि राम्रो देखिन्छन्।’ भनेका थिए। यो योग....

ब्राजिलको दुई वटा विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, १६ वर्षीयले गोली चलाएको आशङ्का

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको देखिएको छ। यद्यपि गोली प्रहार....