उकेरा खेल

विश्वकपमा आज कुन-कुन टोली भिड्दैछन् ?


काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा मोरक्को र क्रोएसिया भिड्दैछन्।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। क्रोएसिया गत संस्करणको उपविजेता हो।

यस्तै आजको दोस्रो खेल जर्मनी र जापान भिड्दैछन्। नेपाली समयअनुसार यी दुई टोलीबीच अपराह्न ६:४५ मा खेल हुनेछ। जर्मनीले अन्तिम पटक सन् २०१४ को विश्वकप जितेको थियो।

तेस्रो खेल राति ९:४५ बाट सुरु हुनेछ। स्पेनले कोस्टारिकाको सामना गर्नेछ। स्पेनले सन् २०१० को विश्वकप जितेको थियो।

यस्तै भोलिको पहिलो खेल भने मध्यराति १२:४५ बाट हुनेछ। सो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वकपमा आज कुन-कुन खेल कति बजे हुँदै ?

आज समूह चरणअन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल....

अर्जेन्टिना विजयी: म्याराडोना बराबर गोल गर्दै मेस्सी भए 'म्यान अफ द म्याच'

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले एक गोल र एक असिस्ट गरे। उनी म्यान अफ द म्याच पनि चुनिए। योसँगै मेस्सीको विश्वकप गोल सङ्ख्या आठ पुगेको छ।....

अर्जेन्टिनालाई हराएकाे साउदी अरेबिया पाेल्याण्डसँग पराजित

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन राेबर्ट लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे। जेलिन्स्कीले ३९औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए। ८२औं मिनेटमा....

फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ। फुटबल....

मिचेल ड्युकको निर्णायक गाेलमा अस्ट्रेलिया विजयी

क्र्याग गुडबिनले बायाँतर्फबाट गरेको क्रसमा ड्युकले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो। ट्युनिसियन गोलकिपर ऐमेन डामेनले रोक्ने कोसिस गरे पनि उनको प्रयास....