उकेरा खेल

विश्वकपकाे आफ्नाे पहिलाे खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २-१ ले पराजित


काठमाडाैं : विश्वकप फुटबल अन्तर्गत आफ्नाे पहिलाे खेलमा अर्जेन्टिना पराजित भएकाे छ।

समूह 'सी' अन्तर्गतकाे पहिलाे खेलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया २-१ गाेलले विजयी भएकाे हाे।

साउदीका लागि अल सेरीले ४८औं मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको अवस्थामा ल्याएका थिए।

त्यसकाे पाँच मिनेटपछि अल दवाश्रीले अग्रता दोब्बर बनाउँदै अर्जेन्टिना विरुद्व सनसनीपूर्ण अग्रता बनायो।

त्यसअघि अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। १०औं मिनेटमै अग्रता बनाएको अर्जेन्टिनाले त्यसपछि गरेका तीन प्रहार गोल भए पनि सबै अफसाइड घोषित भएका थिए।

साउदी अरेबियाका खेलाडील् फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले १० औ मिनेटमा नै पेनाल्टीको मौका पाएको थियो।

जहाँ लियोनेल मेसीले सहज रुपमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा १-० को अग्रता दिलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विश्वकप २०२२: 'जहाँ लियोनल मेस्सी छन्, त्यहाँ अर्जेन्टिनाको आशा छ'

पहिलो खेलमै साउदी अरेबियासँगको लज्जास्पद हार बेहोरेको अर्जेन्टिनाले बाँकी खेल नजित्दा विश्वकपको यात्रा नै समाप्त हुने जोखिम थियो नै। मेस्सीलाई पनि थाहा थियो कि यो....

विश्वकपमा आज कुन-कुन खेल कति बजे हुँदै ?

आज समूह चरणअन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल....

अर्जेन्टिना विजयी: म्याराडोना बराबर गोल गर्दै मेस्सी भए 'म्यान अफ द म्याच'

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले एक गोल र एक असिस्ट गरे। उनी म्यान अफ द म्याच पनि चुनिए। योसँगै मेस्सीको विश्वकप गोल सङ्ख्या आठ पुगेको छ।....

अर्जेन्टिनालाई हराएकाे साउदी अरेबिया पाेल्याण्डसँग पराजित

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन राेबर्ट लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे। जेलिन्स्कीले ३९औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए। ८२औं मिनेटमा....

फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ। फुटबल....