एजेन्सी: अर्जेन्टिनाले आजबाट विश्वकप २०२२ को औपचारिक थालनी गर्नेछ। साउदी अरेबियाविरुद्ध आज दिउँसो ३:४५ मा खेल हुनेछ।
अर्जेन्टिना पछिल्लो ३६ खेलमा अपराजित छ। र यो अभूतपूर्व कीर्तिमानमा सबैभन्दा बढी योगदान कसैको छ भने त्यो टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीको हो। मुख्य प्रशिक्षकको रूपमा स्कालोनीको पहिलो कार्यकाल अविस्मरणीय साबित भइसकेको छ।