इण्डोनेसियामा भूकम्प: ६२ जनाको मृत्यु, सयौँ घाइते

इण्डोनेसियामा भूकम्प: ६२ जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी: इण्डोनेसियाको जाभाको मुख्य टापु क्षेत्रमा भूकम्प गएको छ। पश्चिमी जाभाको सियान्जुर शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी हालसम्म ६२ जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ।

यद्यपि त्यहाँका क्षेत्रीय प्रशासकका अनुसार मृतकको सङ्ख्या १६२ रहेको छ। मृतकको सङ्ख्याबारे पुष्टि हुन नसके पनि सयौँको सङ्ख्यामा नागरिकहरू घाइते भएका छन्। घाइतेको सङ्ख्या धेरै भएपछि अधिकांशलाई अस्पतालबाहिरै उपचार गरिएको छ।

भूकम्प ५.६ म्याग्निच्युडको गएको थियो। अमेरिकी भौगर्भिक सर्भे डेटाका अनुसार भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट १० किलोमिटरमुनि रहेको थियो।

यस्तै भूकम्पका कारण १३ हजार नागरिक विस्थापित भएका छन्। यस्तै करिब दुई हजार २०० घरमा क्षति पुगेको छ।

६ मंसिर, २०७९, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।