रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा काे अगाडि ?

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा काे अगाडि ?

बुटवल : रुपन्देही क्षेत्र नंं. १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन्।

कुल १३३४ मत गणना हुँदा विश्वकर्माले २९२ मतले अग्रता लिएका छन् भने उनलाइ स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसालले २५५ मतका साथ पछ्याइरहेका छन्। भुसाललाई  सत्ता गठबन्धनले सघाएको छ।

त्यस्तै जनमत पार्टीका कैलाश गुरुङले २३० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले २२४ मत ल्याएका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले ५७ र चापाकल चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईले १ मात्रै मत प्राप्त गरेका छन्।

त्यस्तै कुल १ लाख ३९ हजार ५६० मतदाता रहेको रुपन्देही १ मा ९५ हजार ९ सय ८७ मत खसेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए। क्षेत्र नंं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा भइरहेको छ।

०००

रूपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) अग्रता कायम राखेको छ।

प्रतिनिधिसभा सदस्यतर्फ १६०० मतगणना हुँदा रास्वपाका गणेश पौडेलले ५ सय ६९ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पारेका छन्। पौडेलले ५०२ मतले पछ्याइरहेका छन्।

तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी)ले ४०७ मत प्राप्त गरेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।

क्षेत्र नं. २ को मतगणना कार्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा भइरहेको छ।

कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नं. २ मा ८१ हजार २०२ मत खसेको निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।

०००

रूपन्देही क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणको अग्रता कायम छ।

प्रतिनिधसभा सदस्यको लागि खसेको ४ सय मत गणना गर्दा खाँणले १ सय ७४ मत प्राप्त गरेका छन्। खाँणलाई राप्रपाका दिपक बोहोराले १ सय ३४ मतले पछ्याइरहेका छन्।

कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा ९२ हजार ९ सय ७२ मत खसेको थियो।

अहिले उक्त क्षेत्रको मतगणना भैरहवा नमूना माविको भवनमा भइरहेको  सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए।

०००

रुपन्देही क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सुरुवाती अग्रता लिएका छन्।

प्रारम्भिक मतगणना अनुसार शुक्लाले ९ सय ९४ मत पाएका छन् भने नेपाली कांग्रेसका प्रमोदकुमार यादवले ७ सय २३ मत ल्याएका छन्। यस्तै जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४ सय ९३ म ल्याएका छन्।
 
जनता समाजवादी पार्टीका अध्यक्ष ३१ मत ल्याएका छन्। कुल १ लाख १० हजार ६ सय ५९ मतदाता रहेको उक्त क्षेत्रमा ७७ हजार ६४ मत खसेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए।
 
उक्त क्षेत्रको मतगणना कार्य मझगावा मावि मर्चवारमा भइरहेको छ।

०००

रुपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका भरत कुमार शाहले अग्रता लिएका छन्।

प्रतिनिधिसभा सदस्यको लागि शाहले १७८८ मत प्राप्त गर्दा एमालेका बासु घिमिरेले १४५९ मत प्राप्त गरेका छन्।

त्यस्तै जनमत पार्टीका चन्द्रशेखर सोनारले ३८१ र हाम्रो नेपाली पार्टीका भिष्म कुमार रानाले ३ सय मत प्राप्त गरेका छन्।

क्षेत्र नं. ५ को मतगणना गैंडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा भइरहेको छ।

कुल १ लाख २९ हजार १३५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ७ सय ३६ मत खसेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए।

मतगणना जारी छ।

५ मंसिर, २०७९, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।