उकेरा प्रदेश

मुस्ताङमा कांग्रेसको 'क्लिन स्वीप', प्रदेशसभा ‘ख’मा विकल शेरचन विजयी


पोखरा : मुस्ताङ जिल्लाकाे प्रतिनिधिसभा र प्रदेश सभाका तीनै सिट जित्दै नेपाली कांग्रेसले 'क्लिन स्वीप' गरेकाे छ।

सोमबार साँझ प्रदेशसभातर्फ मुस्ताङ ‘ख’मा कांग्रेसका विकल शेरचन २ हजार ७ सय २३ मत ल्याएर विजयी भएसँगै मुस्ताङ जिल्ला कांग्रेस हाबी भएको हो। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे।

पराजित गौचनले २ हजार ५ सय ६५ मत ल्याएका थिए। उनीहरूबीचको मतान्तर १५८ रहेको थियो।

गौचन एमाले मुस्ताङका जिल्ला अध्यक्षसमेत हुन्। उनी २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रदेश सांसद भएका थिए।

शेरचनको जितसँगै मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभाका सवै सिटमा कांग्रेसले जित हासिल गरेको छ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुँदा प्रदेशसभातर्फ मुस्ताङ ‘क’मा कांग्रेसकै नुम्डु गुरुङ विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गण्डकी प्रदेश सभामा ३० नयाँ  अनुहार, खगराजको मुख्यमन्त्री बन्ने सपना संकटमा

पूर्वी नवलपरासीमा अन्य ३ वटा प्रदेशसभामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित भएका रोशनबहादुर गाहा निवर्तमान प्रदेश सांसद हुन्। अन्य दुई जना नयाँ अनुहारका छन्।....

लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

एमालेबाट विजयी हुनेहरू एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गरे। विष्टले २८ हजार ४७६ मत पाएका....

गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

कांग्रेसले चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरेर ९८ प्रतिशत मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवार पद्यमा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेका कारण त्यहाँको....

कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि....

हारकाे जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षले दिए राजीनामा

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल....