काठमाडौं–१ मतगणनास्थलमा कर्मचारीले मतपत्र समेट्दा उम्मेदवारका प्रतिनिधिले निन्द्रा पुर्‍याए (११ तस्बिर)

काठमाडौं–१ मतगणनास्थलमा कर्मचारीले मतपत्र समेट्दा उम्मेदवारका प्रतिनिधिले निन्द्रा पुर्‍याए (११ तस्बिर)

काठमाडौं : काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना जारी छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार विहानदेखि सुरु भएको मतगणनाको अद्यावधिक जानकारी आउने क्रम पनि जारी छ।

यसैक्रममा हामी मतगणना स्थल पुग्दा गजबका दृश्यहरू क्यामेरामा कैद भए। मतगणनास्थलमा कर्मचारीहरू मतपत्र संगालिरहेका थिए भने दलका प्रतिनिधिहरू भने निदाइरहेका दृश्य देखिए।

उता, प्रमुख निर्वाचन अधिकृत मोबाइल फोनमा व्यस्त हुँदा सुरक्षाकर्मीहरू आफ्नो ड्यूटीमा खटिएका थिए।

५ मंसिर, २०७९, १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।