ईरानले विश्वकपभर कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

ईरानले विश्वकपभर कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

एजेन्सी: ईरानले फिफा विश्वकप अवधिभर कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने भएको छ। ईरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार यसबारे जानकारी दिएका हुन्।

ईरानले दुई देशबीचको सम्झौताअनुसार कतारमा केही ढुवानी सुरु गरिसकेको ईरानका आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान ईरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन्।

पेमनपाकका अनुसार यसअघि ईरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन।

उनले ईरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई तीन अर्ब अमेरिकी डलरमा पुर्याउने रोडम्याप तयार गरेको पनि बताएका छन्।

५ मंसिर, २०७९, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।