एजेन्सी: सोमालियाको राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमण प्रयासलाई असफल बनाएको छ। राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुई वटा विस्फोट पदार्थलाई सेनाले नियन्त्रणमा लिएको सोमाली प्रहरी बलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिए।
नेपाल बाहिर
विष्फोटक पदार्थलाई सुरक्षित रूपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताएका छन्। यस अवस्थामा कोही घाइते नभएका पनि उनले बताए।
सुरक्षा बलहरूले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ।
२०७९ मंसिर ०४ गते १३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।