भारतीय चलचित्र उद्योगमा कीर्तिमान: कांताराले पूरा गर्‍यो ५० दिन, कमाइ ४०० करोड भारु नजिक

भारतीय चलचित्र उद्योगमा कीर्तिमान: कांताराले पूरा गर्‍यो ५० दिन, कमाइ ४०० करोड भारु नजिक

एजेन्सी: कन्नड फिल्म कांताराले आफ्नो प्रदर्शनको ५० दिन पूरा गरेको छ। सेप्टेम्बर ३० मा प्रदर्शनमा आएको फिल्मको हिजो ५०औँ दिन पूरा भएको हो।

यसबीचमा कांताराले दैनिक करोडमा कमाइ पनि गरिरहेको छ। कांताराको ५० दिनको कीर्तिमान निकै लामो समयसम्म पनि नतोडिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। करिब ३०० सिनेमा हलमा कांताराले ५० दिन पूरा गरेको हो।

हाल पनि विश्वभर करिब एक हजार हलमा कांतारा प्रदर्शनमा छ।

तेलुगु, हिन्दी र मलयालम भाषामा डब भएको फिल्मले हालसम्म ३७६ करोड भारुको ग्रस कलेक्सन गरेको छ। अब छिटै फिल्मले ४०० करोड भारु कमाउने आकलन गरिएको छ।

फिल्मको निर्देशन र मुख्य भूमिकामा ऋषभ शेट्टी रहेका छन्। फिल्म केवल १६ करोड भारुमा बनाइएको हो।

३ मंसिर, २०७९, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।