उकेरा कला

उँचाइ: अब्बल विषयवस्तु र बलिउडका 'बिग फेस' भए पनि नेपालको दृश्यबाहेक चित्त बुझाउने ठाउँ नै छैन


यो वर्ष बलिउडले 'पानी पनि भन्न नपाइरहेको' बेला फिल्म उँचाइले उद्धार गर्ने आश गरिएको थियो। तर भारतमा ५० देखि ७५ वर्ष उमेरका सीमित दर्शकले मात्रै हलमा पाइला टेके। नेपालका हलमा चाहिँ फिल्म हाउसफुल नै चलिरहेको छ।

'मैने प्यार किया', 'हम आपके है कौन', 'हम साथ साथ है', 'मै प्रेमकी दिवानी हुँ', 'विवाह', 'प्रेम रतन धन पायो' जस्ता फिल्म निर्देशन गरिसकेका सरोज आर. बडजात्याको सातौँ फिल्म हो उँचाइ। यीमध्ये 'मे प्रेमकी दिवानी हुँ' र 'प्रेम रतन धन पायो' बाहेक अन्य फिल्महरू सबै ब्लकबस्टर हुन्।

३५ करोड भारुमा बनेको फिल्म उँचाइले प्रदर्शनको एक हप्ता नाघिसक्दा पनि लगानी उठाएको छैन। 'उँचाइ'को व्यापार हेर्दा निर्देशक सरोजको अहिलेसम्मकै कमजोर फिल्म बन्ने देखिएको छ यो।

नेपाली दर्शकले फिल्म हेरिरहँदा यहाँका सुन्दर दृश्य देखेर मन बुझाउने ठाउँ भेटेकाले पनि हुनसक्छ यहाँ भने फिल्मले ताली र सिट्टीसहित हाउसफुल दर्शक पाएको छ।

तर फिल्म आशा गरेजस्तो उत्कृष्ट भने छैन।

विषयवस्तु अब्बल हुँदाहुँदै पनि फिल्म चित्तबुझ्दो छैन। बलिउडका 'बिग फेस'हरूको थुप्रो लागे पनि फिल्मले त्यति मजा दिँदैन। 'स्टिरियोटाइप' बलिउड फिल्ममा देखाएजस्तो मेलोड्रामा र पारिवारिक उल्झनमा फिल्म रुमल्लिन्छ।

फिल्मको कथा ट्रेलरमै 'रिभिल' भइसकेको थियो। चार 'जिग्री' साथीमध्ये एभरेष्ट बेस क्याम्प पुग्ने योजना बनाउने भुपेन (ड्यानी डेन्जोङ्पा)को निधन हुन्छ। उसको अस्तु उसको आत्मा बसेको ठाउँमा विर्सजन गर्ने भन्दै तीन साथीहरू अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर) र जावेद सिद्दकी (बोमन ईरानी) सगरमाथा आधार शिविरको यात्रामा निस्कन्छन्। 

आ–आफ्नै पीडा बोकेका तीन साथीहरूको यात्रामा आइपरेका समस्या र उनीहरूले गरेको मनोरञ्जन नै फिल्म हो। यही यात्रामा जावेदकी श्रीमतीको भूमिका निर्वाह गरेकी निना गुप्ताले साथ दिन्छिन् काठमाडौंसम्म। माला (सारिका) र ट्रेकिङ गाइड श्रद्धा (परिनीति चोपडा) ले आधार शिविरसम्मको ट्रेकमा ७५ हाराहारी पुगेका तीन वृद्धहरूलाई सहयोग गर्छिन्।

विषयवस्तु अब्बल हुँदाहुँदै पनि फिल्म चित्तबुझ्दो छैन। बलिउडका 'बिग फेस'हरूको थुप्रो लागे पनि फिल्मले त्यति मजा दिँदैन। 'स्टिरियोटाइप' बलिउड फिल्ममा देखाएजस्तो मेलोड्रामा र पारिवारिक उल्झनमा फिल्म रुमल्लिन्छ।

फिल्ममा यात्रा सुरु भएपछि तीन साथीबीचको सम्बन्ध महसुस गर्न सकिन्छ। तर जुन साथीका कारण उनीहरूले यात्रा सुरु गरे त्यो साथीसँगको आत्मीयता बारे फिल्मले खासै महसुस गराउँदैन। 

जे उद्देश्यका लागि फिल्म बनाइएको थियो, त्यता खासै मेहनत देखिँदैन। निर्देशकले पुराना कलाकारलाई नयाँ तरिकाले प्रस्तुत गर्लान् कि भन्ने आशा, आशमै सीमित हुन्छ।

नेपाली दर्शकलाई फिल्मको पहिलो हाफ अल्छी लाग्छ, भारतका दर्शकलाई दोस्रो हाफ। अरू देशका मानिसले नेपालको सुन्दरता हेरेर मनोरञ्जन लिन्छन् कि भन्ने आश चाहिँ गर्न सकिन्छ।

फिल्मको पहिलो हाफ भारतमा आफन्त साथीभाइ लगायतको मेलोड्रामामा आधारित छ र दोस्रो हाफ ट्रेक गर्न थालेपछिको अफ्ठ्यारा, रोचक परिस्थितिमा। यी दुई देशको सेरोफेरो र सिक्वेन्स मिलाएर कथा भन्न नसक्दा फिल्म मध्यम बन्न पुग्यो। फिल्मको पटकथा लेखनमा समस्या देखियो।

फिल्ममा यात्रा सुरु भएपछि तीन साथीबीचको सम्बन्ध महसुस गर्न सकिन्छ। तर जुन साथीका कारण उनीहरूले यात्रा सुरु गरे त्यो साथीसँगको आत्मीयता बारे फिल्मले खासै महसुस गराउँदैन। 

चार साथीमध्ये भुपेन किन अमित श्रीवास्तवसँग नजिक छ? अरू दुई साथीको समस्या समाधान गर्दै अघि बढ्न किन अमित नै अगाडि आउँछ भन्ने प्रश्न उब्जन्छ। तर त्यसको कुनै जवाफ फिल्ममा छैन।

सगरमाथा आधार शिविर पुग्नु अघिल्लो दिनको दृश्य भने अति फिल्मी लाग्छ। झोलुङ्गे पुल तर्ने दृश्यमा एक्कासि आँधीहुरी चल्छ र घनघोर वर्षा हुन्छ। पुलबाट दराज खस्नेदेखि भरियाहरूले यात्रीलाई घचेटेर हिँडेको दृश्य छ। भीएफएक्स दमदार भए पनि तथ्यगत रूपमा त्यो दृश्य अस्पष्ट र आपत्तिजनक छ। 

भुपेनको ब्याकग्राउण्ड स्टोरी हेर्दा ऊ नेपालमा हुर्केको हो। भारतका तीन साथीहरूसँग उसको गहिरो 'दोस्ती' स्थापित हुनेखालको तर्क फिल्ममा छैन। 

यतिसम्म कि, घनिष्ठ साथीहरूको जिन्दगीमा के कस्ता घटना भइरहेको छ भन्ने कुरामा समेत उनीहरू अज्ञात छन्।

भुपेनले सगरमाथा आधार शिविरको टिकट पहिल्यै बुक गरिसकेको हुन्छ। उनीहरूसँग सगरमाथा जाने तयारी थाल्न दुई महिना मात्रै बाँकी छ। यो बीचमा मेडिकल टेष्ट, कसरत सबै कुरा निकै छिटै समाधान भएर उनीहरू हिँड्ने तयारीमा थाल्छन् र आधाभन्दा धेरै समय भारतकै विभिन्न ठाउँ घुमेर बिताउँछन्। 

जहाँ नयाँ पुस्ता र पुरानो पुस्ताको द्वन्द्व, परिवारमा आएको विखण्डन जस्ता विषय देखाइन्छ। दृश्यले कथा भन्न ढिलासुस्ती गरेको अनुभूति हुन्छ।

दोस्रो हाफमा वृद्धहरू जब पहाड चढ्न थाल्छन्, नयाँ पुस्तासँगको घुलमिलमा समय दिइएको छैन। एकपाइला सार्दै सास फेर्दै अगाडि बढेको देखेर सजिलै नयाँ पुस्ता र पुरानो पुस्ताको घुलमिल भएको देखाइएको छ। 

फिल्ममा पथप्रदर्शक श्रद्धासँगको सम्बन्ध पनि अपत्यारिलो लाग्छ। फिल्म हिमालतिर पुगेपछि डकुमेन्ट्री जस्तो अनुभव हुन्छ।

सगरमाथा आधार शिविर पुग्नु अघिल्लो दिनको दृश्य भने अति फिल्मी लाग्छ। झोलुङ्गे पुल तर्ने दृश्यमा एक्कासि आँधीहुरी चल्छ र घनघोर वर्षा हुन्छ। पुलबाट दराज खस्नेदेखि भरियाहरूले यात्रीलाई घचेटेर हिँडेको दृश्य छ। भीएफएक्स दमदार भए पनि तथ्यगत रूपमा त्यो दृश्य अस्पष्ट र आपत्तिजनक छ।

मार्च महिनामा आँधीबेहरी चल्छ। उनीहरू कुन ऋतुमा नेपाल आएका हुन् फिल्ममा उल्लेख नभए पनि हामीले मार्च महिना मान्ने हो भने त्यो समयमा हिउँ पर्दैन।

सानैदेखि सिनेमाको पर्दामा देख्दै आएका बलिउडका यी अनुहारले नेपाली खाना, नेपाली पहिरन र नेपालको सगरमाथाको प्रशंसा गर्दा शरीरमा काँडा उम्रन्छ। आफैँ मुखबाट सिट्टी बज्छ।

तर फिल्ममा दिउँसो आँधीबेहरीसँगै मुसलधारे वर्षा र बेलुका हिउँ परेको देखाइएको छ। दृश्यमा देखाइएअनुसार आँधीबेहरी चलेको ठाउँबाट उनीहरू खासै टाढा पनि पुगेका हुँदैनन्। 

फिल्मको अन्त्यमा पनि अनावश्यक दृश्य थोपरिएको छ। बलिउड स्वाद दिन हो या अरू कुनै कारण- १० वर्षदेखि टाढा बसेकी श्रीमतीसँग 'प्याचअप' गराउनेदेखि रोनाधोना चाहिनेभन्दा धेरै देखाइएको छ।

योबाहेक फिल्ममा सङ्गीत सिचुएसनल छ। थोपरिएको जस्तो लाग्दैन। फिल्मको अब्बल पक्ष सिनेमाटोग्राफी हो। सगरमाथालाई यति धेरै सुन्दर तरिकाले सायदै कसैले खिचेका होलान्।

अन्त्यमा, बलिउडले नेपाललाई दिएको सुन्दर उपहार हो, फिल्म उँचाइ। चर्चित चार कलाकार अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र ड्यानी डेन्जोङ्पा एकै दृश्यमा नेपाली ढाका टोपीसहित फिल्ममा देखिन्छन्। 

सानैदेखि सिनेमाको पर्दामा देख्दै आएका बलिउडका यी अनुहारले नेपाली खाना, नेपाली पहिरन र नेपालको सगरमाथाको प्रशंसा गर्दा शरीरमा काँडा उम्रन्छ। आफैँ मुखबाट सिट्टी बज्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विवाह  अभिनेता सलोनको, चर्चा पूजा-युद्ध अनि भुवन-जियाको

अभिनेता सलोन बस्नेतको मेहेन्दी कार्यक्रममा उनीहरू सँगसँगै पुगेनन् मात्रै खुलेर रमाइलो पनि गरे। दुवै अब 'ह्या कति लुकाउनु थाहा पाए पाउन्' भन्ने निष्कर्षमा पुगेको देखियो।....

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज नेपाल, अमेरिका र रुसको प्रस्तुति मञ्चन हुँदै

अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक र एकल नाटक हो। यो नाटकले सन् १९९० देखि २०००....

‘हेराफेरी ३’ निर्देशन गर्न अनीसले मानेनन्, ‘ड्रीम गर्ल’का निर्देशकसँग वार्ता चल्दै

फिल्मका निर्माता फिरोज नाडियाडवाला र मुख्य अभिनेता कार्तिक आर्यन ‘हेराफेरी ३’लाई ‘भूल भुलैया २’का निर्देशक अनीस बज्मीद्वारा निर्देशित गरुन् भन्ने चाहन्छन्। तर, अनीस बज्मीले ‘हेराफेरी....

अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन, शबाना आजमीको 'मास्टर क्लास'

पाँच राष्ट्रिय अवार्ड र विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी आजमीलाई भारत सरकारले १९९८ मा पद्मश्री र सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको छ। आज साढे सात....

तीन युवतीको बलात्कार मुद्दामा क्यानेडियन पप स्टारलाई १३ वर्ष जेल

बेइजिङको चाओयाङ जिल्ला अदालतले वुले तीन महिलालाई बलात्कार गरेको प्रमाणित गरेको हो। बलात्कार पीडित तीनै महिलाले मदिरा पिएकाले प्रतिरोध गर्न नसेको भन्दै उनलाई १३ वर्ष....