भेलुबाजेले दुई हजार दिएकाे भनेपछि सूर्य थापालाई आयाेगले साेध्याे स्पष्टीकरण

भेलुबाजेले दुई हजार दिएकाे भनेपछि सूर्य थापालाई आयाेगले साेध्याे स्पष्टीकरण

काठमाडाैं : निर्वाचन आयाेगले प्यूठान जिल्लाबाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य बहादुर थापालाई पुन: स्पष्टीकरण साेधेकाे छ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रूपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण साेधेकाे हाे।

स्पष्टीकरणमा भनिएकाे छ: 'निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद वितरण गर्नुभएको हो, होइन? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएकाे छ।'

२ मंसिर, २०७९, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।