नेपाल बाहिर

पाकिस्तानमा भ्यान सडकबाट तल खस्दा धार्मिकस्थल जान हिँडेका २० जनाको मृत्यु


एजेन्सी: पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते भएका छन्।

सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो। अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए।

बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो।   दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....

मोदीको डकुमेन्ट्रीबारे बेलायतकाे टिप्पणी- BBC स्वतन्त्र मिडिया आउटलेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको बीबीसी डकुमेन्ट्रीलाई बेलायतमा बसोबास गर्ने केही भारतीयहरूको विरोधका बीच सरकारका प्रवक्ताले भने, ‘बीबीसीका आउटपुटहरू पूर्ण रूपमा स्वतन्त्र छन्, तर हामी भारतलाई....

बाइडेन निवासमा एफबीआईको छापा

बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति रहेका बाइडेन उपराष्ट्रपतिको रूपमा संवेदनशील कागजातहरू समावेश भएको मामलामा व्यापक अनुसन्धानको एक हिस्सा बनेका थिए। यद्यपि एफबीआईले यस विषयमा....