उकेरा अर्थ

झापामा खर्चभन्दा एक अर्ब ३१ करोड बढी राजस्व सङ्कलन


काठमाडौं: झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए।

गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए। “केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन”, उनले भने, “झापामा त्यस्तो अवस्था छैन, करमैत्री वातावरण बन्दै गएको छ।”

झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए। चालु आव २०७९/८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरले रु तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको छ। चालु आवको असोजसम्ममा रु ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ।

कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ। हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन्। जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आइएमई पे र मेरो किरानाबीच १५ प्रतिशत छुट दिने सम्झौता  

मेरो किरानाको ‘महाबचत सेल विक’लाई लक्षित गरी ग्राहकका लागि अफर सार्वजनिक गरिएको हो। यसअन्तर्गत ग्राहकले मेरो किरानाको वेबसाइट वा एपबाट सामान खरिद गर्दा आइएमई पेबाट....

जगदम्बा इन्टरप्राइजेजले उद्योगको क्षमता विस्तार गर्न ४८ मेगावाट बिजुली लिने

फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो। यसअघि कुल ४४ मेगावाट लिँदै आएकामा अब थप चार....

साप्ताहिक शेयर समीक्षा: भावी सरकारको आकलनले बजार तल-माथि

निर्वाचनअगाडि १९३६.८४ मा बन्द भएको नेप्से परिसूचक उक्त दिन ७.१३ अंकले घटेर १९२९.११ अंकमा कायम भयो। उक्त दिन कुल एक अर्ब ३५ करोड रुपैयाँको कारोबार....

स्मार्टच्वाइस टेक्नोलोजिज र सन्राइज बैंकबीच सम्झौता

सम्झौतापछि सन्राइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा स्मार्ट क्यूआरबाट भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजबाट प्रमुख कायकारी....

काठमाडाैंका टाेल-टाेलमा विश्वकप फुटबल स्क्रिनिङका लागि सम्झाैता

सागर डिस्टिलरी ब्रान्डकाे राेयल ब्लूले विश्व कप खेलहरू विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका विभिन्न युवा क्लबहरूसँग सम्झौता गरेको हाे। राेयल ब्लूले प्रदर्शन गरिने स्थानहरूमा अनुमान....