उकेरा स्वास्थ्य

होस् गरौँ, चुनावको दौडधुपले हृदयघात र मस्तिष्कघात नहोस्; भइहाले यस्ता छन् बच्ने उपाय


निर्वाचनको समयमा दौडधुप अन्य समयभन्दा बढी नै हुन्छ। यस्तो बेला उम्मेदवारहरू त तनावपूर्ण समयबाटै गुज्रिरहेका हुन्छन्।

चिकित्सकको मतअनुसार नेता, कार्यकर्ता तथा चुनावी प्रतिस्पर्धामा हुने व्यक्तिमा यस समयमा मानसिक तनाव बढी हुन्छ। अझ जङ्क फुड, मदिरा तथा धुम्रपान जस्ता हानिकारक पदार्थको सेवन तथा हिँडडुल यो समयमा अत्यधिक हुन्छ।

चुनावको समयमा हुने यस्तो गतिविधिले रक्तचापको समस्या भएका व्यक्तिमा रक्तचाप अझ बढ्ने सम्भावना हुने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्। रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिमा समेत रक्तचाप नियन्त्रणबाहिर जानसक्नेतर्फ उनी सचेत गराउँछन्।

उनी चुनावी अभियानमा धेरै धपेडी हुनाले तनावका कारण हृदयघात, मस्तिष्कघात तथा पक्षघात हुनसक्नेतर्फ सजग गराउँछन्। ‘रक्तचाप, सुगर, मुटु सम्बन्धी समस्याको औषधि खाइरहेको छ भने तनावले गर्दा हृदयघातदेखि स्ट्रोक जे पनि हुन सक्छ’, डा. झाले भने।

तनावले मस्तिष्कघातको जोखिम
वीर अस्पतालका न्यूरो सर्जन प्रा. डा. राजिव झाका अनुसार चुनावमा हिँड्दा सामान्यतया अधिकांश व्यक्तिमा तनाव (स्ट्रेस) हुने भएकाले नेता तथा कार्यकर्ताले तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ। 

तनावका कारण व्यक्तिमा निद्रा नलाग्ने, असामान्य किसिमको व्यहोराको विकास हुनेतर्फ डा. झा सजग गराउँछन्। ‘धेरै चाप, मनमा डर भएर एन्जाइटी, डिप्रेशन जस्ता समस्या देखिन सक्छन्’, उनले भने।

उनी चुनावी अभियानमा धेरै धपेडी हुनाले तनावका कारण हृदयघात, मस्तिष्कघात तथा पक्षघात हुनसक्नेतर्फ सजग गराउँछन्। ‘रक्तचाप, सुगर, मुटु सम्बन्धी समस्याको औषधि खाइरहेको छ भने तनावले गर्दा हृदयघातदेखि स्ट्रोक जे पनि हुन सक्छ’, डा. झाले भने।

विशेषगरी सुगर, रक्तचाप, थाइरोइड जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिले समयमा खानपान नगर्ने, समयमा औषधि सेवन नगर्ने भए स्वास्थ्य जटिलता निम्तने न्युरो सर्जन डा. झा बताउँछन्।

त्यसैगरी मनोविद् गोपाल ढकाल पनि चुनावी प्रचारप्रसारमा खटिँदा तनाव उत्पन्न हुनसक्नेतर्फ सचेत गराउँछन्। विशेषगरी अस्वस्थ प्रतिपर्धा भएको अवस्थामा मनमा डर हुने तथा तनावको स्थिति निम्तनसक्ने उनी बताउँछन्।

‘हाम्रो समुदायमा रक्तचापको समस्या भएका करिब ७५ प्रतिशत व्यक्ति बिनाऔषधि बसिरहेको अवस्था छ’, उनले भने।

'हार्ने, कार्यकर्ता रिझाउने, खर्च हुने जस्ता विषयको डर हुन सक्छ', ढकालले भने, ‘जसले मानसिक तनाव तथा चिन्ता बढ्छ।’ 

तनाव बढ्दै गए डिप्रेशन लगायतका जोखिम समेत हुनसक्ने भएकाले समयमा नै खानपान गर्न र राम्रोसँग निदाउन ढकालको सुझाव छ।

उच्च रक्तचाप भएका ७५ प्रतिशत उपचार बाहिर 
मुटुरोग विशेषज्ञ डा. रेग्मी नेपालका करिब एकतिहाई वयस्क व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको बताउँछन्। 

‘नेपालमा उच्च रक्तचाप बढ्दो छ’, डा. रेग्मीले भने, ‘१८ वर्षभन्दामाथिका करिब ३३ प्रतिशतलाई उच्च रक्तचापको समस्या छ।’

युवावस्थामै हृदयघात, मस्तिष्कघात, मिर्गौलामा समस्या निम्तने जस्ता समस्याको प्रमुख कारण उच्च रक्तचाप हुने डा. रेग्मी बताउँछन्। उच्च रक्तचापको समस्या भएका व्यक्तिमध्ये ५० प्रतिशतले मात्रै आफूलाई समस्या भएको थाहा पाउने उनी बताउँछन्। 

रक्तचाप भएको थाहा पाउने ती ५० प्रतिशतमध्ये आधालाई रक्तचापको लक्षण नदेखिने भएकाले तिनले उपचार नगर्ने गरेको डा. रेग्मी बताउँछन्।

तथ्याङ्कअनुसार ७५ प्रतिशत व्यक्तिले त रक्तचापको औषधि उपचार नै नगर्ने गरेको देखिन्छ। लक्षण देखिएकामध्ये २५ प्रतिशतले मात्रै औषधि उपचार गर्छन्। 

‘हाम्रो समुदायमा रक्तचापको समस्या भएका करिब ७५ प्रतिशत व्यक्ति बिनाऔषधि बसिरहेको अवस्था छ’, उनले भने।

सामान्यतया शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हिँड्नु राम्रो हो। तर, पहिले खासै हिँडडुल नगरेको र विशेषगरी ५० वर्षभन्दामाथिको उमेर समूहका व्यक्ति उकालो ओरालो बढी हिँड्दा घुँडाको समस्या हुने तथा शरीर दुख्ने जस्ता समस्या निम्तनसक्ने चिकित्सकहरू बताउँछन्।

यसरी हेर्दा चुनावी अभियानमा हिँड्ने अधिकांश नेता, कार्यकर्ता लगायतमा पनि रक्तचापको समस्या हुनसक्ने देखिन्छ।

रक्तचापको समस्या भएको व्यक्तिले औषधि उपचार नगरे हृदयघात हुने, मुटुले काम नगर्ने (हार्ट फेल), मस्तिष्कघात हुने र हिँड्दा हिँड्दै ढलेर मृत्यु हुनेतर्फ डा. रेग्मी सजग गराउँछन्।

आफूलाई रक्तचापको समस्या छ भन्ने विषय थाहा नपाउँदा मृत्युको जोखिम हुन्छ।

४० माथिका र दीर्घरोगीले चुनावमा विशेष ख्याल राख्नुपर्ने
त्यसैगरी नेपाल मेडिकल एसोसिएशनका अध्यक्ष तथा फिजिसियन डा. लोचन कार्की विशेषगरी ४० वर्ष उमेर नाघेका र कुनै दीर्घरोगको समस्या भएका व्यक्तिले चुनावी अभियानको क्रममा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने सुझाव दिन्छन्।

नेताहरूमध्ये कतिपयलाई रक्तचाप, सुगर, थाइरोइड जस्ता समस्या देखिने गरेको र कतिले औषधि खाइरहेकाले चुनावी अभियानको क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्ने डा. कार्कीको सुझाव छ।

सामान्यतया शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हिँड्नु राम्रो हो। तर, पहिले खासै हिँडडुल नगरेको र विशेषगरी ५० वर्षभन्दामाथिको उमेर समूहका व्यक्ति उकालो ओरालो बढी हिँड्दा घुँडाको समस्या हुने तथा शरीर दुख्ने जस्ता समस्या निम्तनसक्ने चिकित्सकहरू बताउँछन्।

चुनावमा स्वस्थ रहने उपाय
चुनावी अभियानमा हिँड्दा निम्तनसक्ने स्वास्थ्य जोखिमबाट बच्न अस्वस्थ खानपान छोड्नुपर्ने चिकित्सकको मत छ। 

त्यसैगरी नियमित आरामले सुत्ने, निद्रा पुर्‍याएर उठ्ने, उचित समयमा खानपान गर्ने, प्रशस्त पानी पिउने जस्ता जीवनशैली तोड्न नहुने मुटुरोग विशेषज्ञ डा. रेग्मीको सुझाव छ।

त्यसैगरी नेताहरूले बोलिराख्ने भएकाले भोकल कोर्डमा समस्या पर्नसक्छ। बेलुका-बेलुका सम्भव भएसम्म नुनपानीको बाफ लिए यसको समाधान हुने डा. उप्रेतीको सुझाव छ। नुनपानीको बाफ लिन सम्भव नभए नुनपानीले गार्गल (कुल्ला) गर्नुपर्ने उनी बताउँछिन्। 

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती पनि जतिसुकै धपेडी भए पनि ठीक समयमा खानपान गर्न र पानी पिइरहन छुटाउन नहुने सुझाव दिन्छिन्। 

‘यस्तो बेलामा जथाभावी पत्रु खाना खायो भने झन् असर पर्छ’, उनले भनिन्। सुगर, रक्तचाप, थाइरोइडजस्ता रोगको समस्या भएका व्यक्तिले औषधि र खाना उचित समयमा खानुपर्ने हुन्छ।

त्यसैगरी चुनावी अभियानमा हिँड्दा उम्मेदवार लगायतलाई तनाव व्यवस्थापनमा नै जोड दिन न्युरो सर्जन डा. झाको सुझाव छ। 

दैनिक ७/८ घण्टा आनन्दले निदाउनुपर्ने चिकित्सक बताउँछन्। चुनावी अभियानमा भाषण गर्दै हिँड्दा आराम नमिल्ने, नियमित समयमा खानपान नहुने, तनाव हुने, पानी कम पिइने जस्ता कारणले गर्दा रोग बढ्ने जोखिम हुने डा. कार्की बताउँछन्।

दौडधुप गर्ने र समयमा खानपान नगर्दा ग्याष्ट्रिकको समस्या हुनसक्ने, पानी कम हुँदा टाउको दुख्ने, मिर्गौलाले काम नगर्ने तथा पिसाबको संक्रमण हुने, धुवाँ धुलोमा हिँड्दा एलर्जी हुने जस्ता जोखिम हुनेतर्फ डा. कार्की सजग गराउँछन्।

त्यसैले सामान्य अवस्थामा जस्तै नियमित खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्ने हुन्छ। 

त्यसैगरी नेताहरूले बोलिराख्ने भएकाले भोकल कोर्डमा समस्या पर्नसक्छ। बेलुका-बेलुका सम्भव भएसम्म नुनपानीको बाफ लिए यसको समाधान हुने डा. उप्रेतीको सुझाव छ। नुनपानीको बाफ लिन सम्भव नभए नुनपानीले गार्गल (कुल्ला) गर्नुपर्ने उनी बताउँछिन्। 

मनतातो पानी पिइरहनुपर्ने, दूध हालेको चिया धेरै पिउन नहुने र लेमन टी, तथा चिनी नहालेको चिया पिउन डा. उप्रेती सुझाव दिन्छिन्। 

‘जाडोको समय छ, तातो दालभात तरकारी खानुपर्छ र झोल पदार्थ खानुपर्छ’, डा. उप्रेतीले भनिन्। चिकित्सकको मतअनुसार दैनिक कम्तीमा २/३ लिटर पानी पिउनुपर्छ।

त्यसैगरी नियमित सेवन गरिरहेका औषधि सेवन गर्न छाड्न तथा भुल्न नहुने चिकित्सकको सुझाव छ।

चुनावका बेला दबाब बढी पर्ने भएकाले रक्तचापको औषधिको मात्रा नियमित सेवन गरिरहेको भन्दा बढी आवश्यक पर्नसक्ने पनि उनी बताउँछन्।

‘औषधि छुटे सुगर, प्रेसर जस्ता रोगको समस्या भएको व्यक्तिको त स्वाट्टै प्रेसर बढ्नसक्छ। रक्तश्राव हुनसक्छ’, डा. कार्कीले भने, ‘हृदयघात हुनसक्छ। सुगर अत्यधिक बढेर ढल्न सक्छ।’

यस्तै शारीरिक तथा मानसिक स्वास्थ्यका लागि चुनावको समयमा आक्रोशित तथा उत्तेजित नभई स्वस्थ प्रतिस्पर्धा गर्न पनि चिकित्सकको सुझाव छ। 

त्यसैगरी रक्तचाप बढ्ने भएकाले रक्सी, चुरोट सुर्तीको सेवन गर्न हुँदैन। खनपानमा नूनको मात्रा कम र जङ्कफुड खान नहुने डा. रेग्मी बताउँछन्। 

‘नूनको बढी सेवन रक्तचापको जटिलता ल्याउने प्रमुख कारण हो’, डा. रेग्मीले भने।

त्यसैगरी उच्च रक्तचापजस्ता नियमित सेवन गर्नुपर्ने औषधि छुटेको खण्डमा व्यक्तिमा हृदयघात, मस्तिष्कघातको जोखिम निम्तिई मृत्यु समेत हुनसक्ने चिकित्सक बताउँछन्।

चुनावका बेला दबाब बढी पर्ने भएकाले रक्तचापको औषधिको मात्रा नियमित सेवन गरिरहेको भन्दा बढी आवश्यक पर्नसक्ने पनि उनी बताउँछन्।

चुनावी अभियानमा हिँडेको व्यक्तिले स्वास्थ्य जाँच गराउन आवश्यक
चुनावी अभियानमा हिँड्नुअघि व्यक्तिले स्वास्थ्य परीक्षण गराउन आवश्यक  छ। स्वास्थ्य परीक्षण गरेर चुनावमा हिँडेको खण्डमा स्वास्थ्य अवस्थाबारे थाहा पाउन र सुरक्षित हुन सकिन्छ।

‘उहाँ(नेता)हरूको आफ्नै स्वास्थ्यका लागि पनि ठाउँठाउँमा अस्पतालको आवश्यकता छ’, उनले भने, ‘स्वास्थ्य समस्या भए नजिकको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र जहाँ भए पनि तुरुन्तै जानुपर्छ। रोगलाई पेल्न खोजे ज्यानै जानसक्छ।’

त्यसैगरी चुनावी अभियानमा हिँड्दा समेत स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा बेलाबेलामा रक्तचाप, सुगर नाप्न डा. रेग्मीको सुझाव छ। 

त्यसैगरी कुनै स्वास्थ्य समस्या भए ढिला नगरी तुरुन्तै स्वास्थ्य संस्थामा पुग्न तथा चिकित्सकसँग परामर्श लिन चिकित्सक सुझाव दिन्छन्।

हिँड्ने क्रममा हातखुट्टा मर्किए धेरै नहिँड्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा राष्ट्रिय ट्रमा सेन्टरका प्लाष्टिक सर्जन प्रा. डा. पियूष दाहालको सुझाव छ। मर्किएको खण्डमा स्वास्थ्यकर्मीको परामर्शमा दुखाई कम गर्ने औषधि लिनुपर्ने हुन्छ। 

त्यसैगरी क्रेप (इलाष्टिक) ब्यान्डेज लगाउनुपर्ने हुन्छ। सुन्निएको खण्डमा खुट्टा सिरानीमाथि सिरानी लगाएर बस्नुपर्ने हुन्छ। जसले सुन्निएको तथा दुखाई कम हुने उनी बताउँछन्। थप समस्या भए स्वास्थ्य संस्था पुग्नुपर्ने डा. दाहालको सुझाव छ।

नेताहरूले जिल्लामा जाँदा आफ्नै स्वास्थ्य उपचारका लागि समेत ठाउँठाउँमा अस्पताल बनाउनुपर्ने मेडिकल एसोसिएशनका अध्यक्ष डा. कार्कीको तर्क छ। 

‘उहाँ(नेता)हरूको आफ्नै स्वास्थ्यका लागि पनि ठाउँठाउँमा अस्पतालको आवश्यकता छ’, उनले भने, ‘स्वास्थ्य समस्या भए नजिकको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र जहाँ भए पनि तुरुन्तै जानुपर्छ। रोगलाई पेल्न खोजे ज्यानै जानसक्छ।’

त्यसैगरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन कोरोना भाइरस संक्रमण, डेंगु र मौसमी इन्फ्लुइन्जा जस्ता जोखिम कायम नै रहेकाले चुनावी अभियानमा हिँड्दा सजगता अपनाउनुपर्ने सुझाव दिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

निर्वाचनका लागि खरिद भएको तीन करोड ४५ लाखको स्यानिटाइजर विशाक्त प्रमाणित, ज्यानै जानसक्ने 'मिथानोल' पाइएपछि प्रयोगमा रोक

आयोग स्रोतका अनुसार स्यानिटाइजर खरिद गरेर ल्याइदिने सप्लायर (बिडर) मेडी प्वाइन्ट इन्टरनेशनल प्रालि हो। विभाग स्रोतका अनुसार पनि स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथानोल....

मनतातो दूधसँग च्यावनप्रास खाँदा बढी फाइदा

घिउ, तिलको तेल र महले जडीबुटीलाई कोशिकाहरूमा गहिराइमा लैजानु उत्प्रेरक एजेन्टको रूपमा काम गर्छ। जबकि महले अन्य प्रमुख तत्त्वहरूको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न....

बायोगेन रेमेडिज र लोमस फार्मास्युटिकल्सको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

आज एक सूचना जारी गर्दै विभागले अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना परीक्षण गर्दा यी दुई औषधि न्यून गुणस्तरको भेटिएको जनाएको छ। यस्तै औषधि ऐन २०३५....

माइनस २५ डिग्री तापक्रमको ‘कोल्ड रुम भवन’ उद्घाटन, मंसिरबाट सञ्चालनमा आउने

वान हर्ट वर्ल्डवाइडको आर्थिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा भवन निर्माण गरिएको हो स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले जानकारी दिए। ....

वीरको मिर्गौला प्रकरणमा स्वास्थ्यमन्त्रीको चासो : युनिफाइड अस्पतालका निमित्त प्रमुख बस्नेतलाई मन्त्रालयमा बोलाएर केरकार

प्रत्यारोपणका लागि तयारी गरिएको मिर्गौला अयोग्य भएको भन्ने विषयमा पीडितका आफन्तले मिर्गौला प्रत्यारोपण प्रक्रियामा नै लापरबाही भएको भन्दै छानबिनको माग गर्दै स्वास्थ्य मन्त्री खापुङलाई कात्तिक....