एकअर्कालाई नभेटी ८३ वर्षीया वृद्धाको २८ वर्षीय अटो मेकानिकसँग प्रेम विवाह

एजेन्सी: हरेक दिन अचम्मका प्रेमकथाहरूका धेरै कथाहरू इन्टरनेटमा भाइरल हुन्छन्। यसपटक पाकिस्तानी युवक र पोल्यान्डकी युवतीको प्रेमकथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पेशाले अटो मेकानिक रहेका २८ वर्षीय पाकिस्तानी युवक हाफिज नदीम ८३ वर्षीया पोल्यान्डकी महिलासँग प्रेममा परेका छन्।
एक ८३ वर्षीया महिला २८ वर्षीय पुरुषसँग विवाह गर्न पोल्याण्डबाट पाकिस्तान पुगेकी छन्। हाफिज पाकिस्तानको काजीपुरका बासिन्दा हुन्। यी अनौठो प्रेमकथा दुवैको उमेरको अन्तरका कारण चर्चामा छ। ब्रोमा र २८ वर्षीय हाफिज नदीमले पाकिस्तानको हाफिजाबादमा विवाह गरेका थिए।
उनीहरुको प्रेम कहानी मित्रताबाट सुरु भएको थियो। डेली पाकिस्तानसँग कुरा गर्दै नदीमले आफूले ६ वर्षअघि ब्रोमासँग पहिलो पटक कुरा गरेको बताए। उनीहरूको कुराकानी मित्रतामा परिणत भयो र त्यसपछि प्रेममा पर्यो। सबैभन्दा अचम्मको कुरा त के छ भने विवाहअघि दुवैले एकअर्कालाई भेटेका थिएनन्। नदीमले यो कुराको पुष्टि गर्दै विवाहअघि एकअर्कालाई व्यक्तिगत रूपमा कहिल्यै नभेटेको बताए।
यद्यपि, दुवैले एक वर्षअघि विवाह गरेका थिए। तर डेली पाकिस्तान ग्लोबल नामक युट्युब च्यानलले फेरि यो जोडीको कहानी सेयर गरेको छ, जुन भाइरल भइरहेको छ। मिडिया रिपोर्टका अनुसार आफ्नो पहिलो वार्षिकोत्सवमा दिएको एक अन्तरवार्तापछि यो जोडी फेरि एकपटक चर्चामा छ। विवाहपछि दुवै निकै खुसी रहेको जोडीले बताएका छन्।