उकेरा स्वास्थ्य

बायोगेन रेमेडिज र लोमस फार्मास्युटिकल्सको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन


काठमाडौं: बायोगेन रेमेडिज प्रालि र लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधिहरू गुणस्तरहीन भएको पाइएको छ। औषधि व्यवस्था विभागले यी दुई कम्पनीबाट उत्पादित 'बायोकल- डी' र 'एस्भिट' औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। 

आज एक सूचना जारी गर्दै विभागले अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना परीक्षण गर्दा यी दुई औषधि न्यून गुणस्तरको भेटिएको जनाएको छ। यस्तै औषधि ऐन २०३५ को दफा १४ बमोजिम यी औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता (रिकल) गर्न र त्यसको विवरण विभागमा पेश गर्न पनि विभागले निर्देशन दिएको छ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ।

तिलोत्तमा- १६ रुपन्देहीमा उद्योग रहेको बायोगेन रेमेडिजको बायोकल- डी औषधि क्याल्सियम कार्बोनेट र भिटामिन डी३ ट्याब्लेट हो। यसको ब्याच नम्बर बीडी२१०४ रहेको छ।

यस्तै गोठाटार काठमाडौंमा उद्योग रहेको लोमस फार्मास्युटिकल्सको एस्भिट भिटामिन सी ट्याब्लेट हो। यसको ब्याच नम्बर एएस२१२१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूत पोलिट्टबीच भेटवार्ता

‘कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ,’ मन्त्री गिरीले भने, ‘विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट....

डाक्टरको चुनाव : उपत्यकामा मतदान सुरु

यसअघि नै माघ ६ र ७ गते संघका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ। उपत्यकामा भने आजबाट मतदान सुरु भएकाे हो। उपत्यकामा बिहीबार, शुक्रबार र....

आज ७०औँ विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रूपमा छालामा फिक्का दाग आउने वा औँलाहरू सुनिने गर्दछ। चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्छ। समयमा उपचार नगरिएमा,....

भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको २१ करोड ८० लाखको सिटी स्क्यान मेसिनमा सेटिङको आशंका

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विष्णु दत्त पौडेलले भने सिटी स्क्यान मेसिन खरिदमा अनियमितता हुन नदिने दावी गरेका छन्।  कार्यकारी निर्देशक डा. पौडेलले समेत थाहा....

बाँकेपछि सुर्खेतमा पनि देखियो दादुरा; पाँच जनामा पुष्टि, परीक्षण र खोप अभियानलाई तीव्रता

वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण....