चुनाव जित्यो कि मन्त्री पद पाइने 'भाग्यमानी क्षेत्र' कास्की- १: बराल र गुरुङको भिडन्त, दुवैमाथि अन्तरघातको प्रवल सम्भावना

चुनाव जित्यो कि मन्त्री पद पाइने 'भाग्यमानी क्षेत्र' कास्की- १: बराल र गुरुङको भिडन्त, दुवैमाथि अन्तरघातको प्रवल सम्भावना

पोखरा: तीन वटा प्रतिनिधि सभा सदस्य र ६ वटा प्रदेश सभा रहेको कास्कीमा गठबन्धनका दल, एमाले, राप्रपा, स्वतन्त्र पार्टी लगायतका दलहरू चुनावी प्रतिस्पर्धामा छन्। त्यमध्ये कास्की क्षेत्र नं–१ को प्रतिनिधि सभा सदस्यमा तीन दशकपछि कांग्रेस र एमालेले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्।

कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङबीच क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा हुँदैछ।

यस क्षेत्रमा २०४८, २०५१ र २०५६ को निर्वाचनमा कांग्रेसबाट तारानाथ रानाभाटले चुनाव लडका थिए। त्यसपछि कांग्रेसका अर्को नेता यज्ञबहादुर थापाले २०६४, २०७० र २०७४ मा चुनाव लडेका थिए।

त्यसैगरी एमालेबाट कास्की–१ मा २०४८ सालदेखि २०७० बाहेकको निर्वाचनमा लगातार खगराज अधिकारी चुनाव लड्दै आएका थिए। अधिकारी यसपटक प्रदेश सभातर्फका उम्मेदवार छन्।

२०७० सालमा भएको निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापा विजयी भएलगत्तै न्याय, कानून तथा संसदीयमन्त्री बनेका थिए। २०७४ मा वाम गठबन्धनका तर्फबाट खगराजले चुनाव जितेसँगै उनी पनि फेरि दोस्रो पटक गृहमन्त्री बनेका थिए।

यसपटक कास्की–१ मा कांग्रेसका बराल, एमालेका गुरुङसहित १४ उम्मेदवार चुनावी मैदानमा छन्। एमालेका उम्मेदवार गुरुङ निवर्तमान सांसद पनि हुन्।

चुनाव जित्यो कि मन्त्री
विगतमा यस क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीले चुनाव जित्दै आएका थिए। एक कार्यकालका लागि एउटा पार्टीका उम्मेदवारले चुनाव जितेका छन् भने अर्को कार्यकालका लागि अर्को पार्टीका उम्मेदवारले।

विगतमा यस क्षेत्रबाट चुनाव जित्नेहरूले मन्त्री पद हात पार्ने गरेको इतिहास पनि छ। २०४८ सालमा यस क्षेत्रबाट एमालेका खगराज अधिकारीलाई हराएर कांग्रेसका तारानाथ रानाभाट विजयी भएका थिए। 

त्यसलगत्तै तारानाथ पहिलो पटक मन्त्री बनेका थिए। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा यस क्षेत्रबाट एमालेका खगराज विजयी भएका थिए। उनी पनि चुनाव जितेपछि पहिलो पटक स्वाथ्यमन्त्री बने।

२०५६ सालको निर्वाचनमा तारानाथ दोस्रो पटक चुनाव जितेर सांसद बनेसँगै सभामुख बनेका थिए। २०६४ सालमा यस क्षेत्रबाट माओवादीका देव गुरुङले चुनाव जिते। कास्की–१ र मनाङबाट चुनाव लडेका उनले मनाङ रोजेपछि भएको उपनिर्वाचनमा माओवादीकै कृष्णबहादुर गुरुङले चुनाव जितका थिए।

त्यसपछि २०७० सालमा भएको निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापा विजयी भएलगत्तै न्याय, कानून तथा संसदीयमन्त्री बनेका थिए। २०७४ मा वाम गठबन्धनका तर्फबाट खगराजले चुनाव जितेसँगै उनी पनि फेरि दोस्रो पटक गृहमन्त्री बनेका थिए। 

विगतमा तीन पटकसम्म चुनाव लडेर मन्त्री बन्दा समेत संसदीय राजनीतिबाट अघाएका थिएन, नेता यज्ञबहादुर थापा। पूर्व कानूनमन्त्री समेत रहेका उनी आफैँ टिकट लिन काठमाडौंमै डेरा जमाएका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासम्मको ढोका चाहारेर कास्की–१ को टिकट मिलाईदिन अनुनयविनय गर्दे थिए उनी। 

२०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट अधिकारीले ३९ हजार २४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुरलाई पराजित गरेका थिए। यज्ञबहादुरले २५ हजार ८२६ मत पाएका थिए। खगराज र यज्ञबहादुबीचको मतान्तर १३ हजार ४१६ थियो।

दुवै उम्मेदवारलाई अन्तरघातको डर
गुटगत राजनीतिको आडमा कांग्रेसको जिल्ला सभापति बनेका बरालले चुनावको मुखमा अप्रत्यासितरूपमा टिकट हात पारेपछि लामो समयदेखि जिल्लास्तरमा राजनीति गर्दै आएका कांग्रेसीहरू उनीसँग असन्तुष्ट छन्।

विगतमा तीन पटकसम्म चुनाव लडेर मन्त्री बन्दा समेत संसदीय राजनीतिबाट अघाएका थिएन, नेता यज्ञबहादुर थापा। पूर्व कानूनमन्त्री समेत रहेका उनी आफैँ टिकट लिन काठमाडौंमै डेरा जमाएका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासम्मको ढोका चाहारेर कास्की–१ को टिकट मिलाईदिन अनुनयविनय गर्दे थिए उनी। 

बराललाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्काले टिकट मिलाउन सघाएका थिए। तर, टिकट हात पारे पनि उनको संसद् यात्रा भने त्यति सहज छैन। कांग्रेसमा नेतापिछे मौलाएको गुट–उपगुटका कारण अन्तरघात हुने डर उनमा छ।

त्यस्तै कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य गुरु बराल, कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी लगायतले पनि टिकट लिनका लागि विभिन्न सम्पर्क सुत्रमार्फत आफ्नो दबाब बढाइरहेका थिए। 

तर, बरालका अगाडि उनीहरूको केही लागेन। कास्की–१ मा गठबन्धनका लागि बराल साझा उम्मेदवार बनेरै छाडे। उनी अहिले जुनसुकै हालतमा संसद् छिर्ने दाउमा छन्।

बरालले नेपाल शिक्षक संघको संघीय समितिका उपाध्यक्ष भएर पनि काम गरेका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा सभापति बनेका बराल संस्थापन पक्षधर हुन्।

बराललाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्काले टिकट मिलाउन सघाएका थिए। तर, टिकट हात पारे पनि उनको संसद् यात्रा भने त्यति सहज छैन। कांग्रेसमा नेतापिछे मौलाएको गुट–उपगुटका कारण अन्तरघात हुने डर उनमा छ।

लामो समयदेखि जिल्लाको राजनीतिमा हावी भएका पूर्वमन्त्री यज्ञबहादुर थापा, कृष्ण केसी लगायतका नेताहरू उनीप्रति असन्तुष्ट रहेका कारणले चुनावमा अन्तरघात गर्ने सम्भावना बलियो छ। 

केही नेताहरू स्थानीय निर्वाचनमा बरालपक्षले रानाभाटलाई हराएको आरोप लगाउदै खुलेरै यसको बदला लिने योजना बनाइरहेको देखिन्छ। लामो समयदेखि कास्की कांग्रेस सस्थापन, शेखर कोइराला र गगन थापा गुटमा विभाजित छ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्यले पोखरा महानरको मेयर जित्दा कांग्रेसबाट उपमेयरको चुनाव लडेकी कोपिला रानाभाट पराजित भएकी थिइन्। 

कोपिलालाई पराजित गर्न कांग्रेसभित्रको उनै बराल लगायतका नेताको हात रहेको नेता कार्यकर्ताले आरोप लगाउने गरेका छन्।

नेता बराललाई एकातर्फ पार्टीमा आफूले टिकट नपाएपछि असन्तुष्ट बनेका तारानाथ, यज्ञबहादुर, कृष्ण केसी, जीवन परियार, गुरु बराल लगायतका नेताको असहयोग रहने सम्भावना अधिक छ भने अर्को तर्फ, उपमेयरमा पराजित भएकी रानाभाट पक्षको असहयोग रहने निश्चित छ। 

अहिले चुनावी सरगर्मी बढ्दै जाँदा केही नेता चुनावी प्रचारप्रसारमा देखिएपछि उनीहरू आत्मैदेखि खुलेर लागेको भने देखिँदैन। केही नेताहरू त पार्टी राजनीतिमा छोटो समयमै संस्थापनपक्षको आडमा बरालले लामो समय पार्टीमा संघर्ष गरेका नेतालाई पछि पार्दै शक्तिका आडमा टिकट लिएको आरोप लगाउदै असहयोग गरिरहेका छन्। 

केही नेताहरू स्थानीय निर्वाचनमा बरालपक्षले रानाभाटलाई हराएको आरोप लगाउदै खुलेरै यसको बदला लिने योजना बनाइरहेको देखिन्छ। लामो समयदेखि कास्की कांग्रेस सस्थापन, शेखर कोइराला र गगन थापा गुटमा विभाजित छ।

निवर्तमान जिल्ला सभापति कृष्ण केसीको समर्थनमा सभापति बनेका बरालले उनै केसीलाई जिल्याएर टिकट ल्याएपछि पार्टीमा असन्तुष्टि बढेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्। 

एमालेमा पनि गुट
कास्कीमा एमालेमा पनि गुटगत राजनीति र शक्तिसंघर्ष चर्को छ। तत्कालीन नेकपा विभाजन भएर धेरै नेता अलगिएपछि एमालेभित्र पनि गुटगत राजनीति हावी भएको छ। 

गण्डकीका मुख्यमन्त्रीका प्रमुख दावेदार एमालेका खगराजको क्षेत्र पनि कास्की १ को (क) भएकाले पृथ्वीसुब्बा निकट मनबहादुरलाई अन्तरघात हुने देखिन्छ।

गण्डकीमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले गुटगत राजनीति चलाइरहेका छन्। 

गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयरमा उठेका खगराजनिकट कृष्णबहादुर थापालाई हराउन पृथ्वीसुब्बा निकटका नेता कार्यकर्ता खुलेर लागेका थिए। त्यसबेला पृथ्वीसुब्बा निकटले थापालाई हराउने बनाएको योजनासहितको अडियो सार्वजनिक भएको थियो।

२०७४ को स्थानीय निर्वाचनमा झण्डै २८ हजार बढी भोट पाएर चुनाव जितेको एमाले गुटगत राजनीतिका कारण नै गत वैशाखमा सम्पन्न निर्वाचनमा पराजित भयो। कास्कीमा स्थानीय चुनावमा भएको अन्तरघातको खत बस्न नपाउँदै हुन गइरहेको निर्वाचनमा पनि एक–अर्को गुटले अन्तरघात गर्ने सम्भावना अधिक छ।

कास्की क्षेत्र नं–१ को एमाले उम्मेदवार मनबहादुर गुरुङ पृथ्वीसुब्बा निकट नेता हुन्। गत वर्ष पुसमा सम्पन्न एमाले कास्कीको जिल्ला अधिवेशनमा खगराज प्यानलका दामोदर पौडेल बैरागीलाई हराएर जिल्ला अध्यक्ष बनेका थिए उनी। 

२०७४ मा कास्की–१ ‘क’ बाट प्रदेश सभा सदस्यमा उनी निर्वाचित भएका थिए।

गण्डकीका मुख्यमन्त्रीका प्रमुख दावेदार एमालेका खगराजको क्षेत्र पनि कास्की १ को (क) भएकाले पृथ्वीसुब्बा निकट मनबहादुरलाई अन्तरघात हुने देखिन्छ।

पृथ्वीसुब्बाले केही दिनअघि लमजुङमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि गण्डकीको मुख्यमन्त्री लमजुङका जमिन्द्रमान घलेलाई बनाउने अभिव्यक्ति दिएपछि प्रदेशमा फेरि दुई नेताबीचको गुटगट राजनीति छर्लङ्गै भएको छ। 

विगतका निर्वाचनमा नेता खगराजले जित्दै आएको यस क्षेत्रमा उठेका मनबहादुरलाई अन्तरघात भएको अवस्थामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका किशोरदत्त बरालको जितको सम्भावना प्रबल छ।

विगतमा माओवादी केन्द्रको साथ पाएर १३ हजार मतले खगराजले जितेकामा अहिले फेरि माओवादीको साथ किशोरदत्तलाई रहेकाले उनको सम्भावना अधिक छ।

पृथ्वीसुब्बाको कृपामा जिल्ला अध्यक्ष बनेको मनबहादुर यसपटकको प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता झलक सुवेदी, पुष्पज्योति ढुंगाना लगायतका नेतालाई पाखा लगाएर उम्मेदवार बनेसँगै पृथ्वीसुब्बा निकट नेता कार्यकर्ताबीच नै असन्तुष्टि छ। 

पृथ्वीसुब्बाले भूमिगतकालदेखि संघर्ष गर्दै आएका सुवेदी, ढुङ्गाना लगायतका नेतालाई टिकट नदिएपछि नेता कार्यकर्ता समेत दुई गुटमा लागेका छन्। यसले मनबहादुरलाई चुनाव जित्न असहज परिस्थिति बनाउँदै छ।

यसपटक खगराज गण्डकीको मुख्यमन्त्री बन्नकै लागि प्रदेश सभामा झरेका छन्। उनी गत निर्वाचनमा यही क्षेत्रको प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

लमजुङका पृथ्वीसुब्बा पछिल्लो समय कास्कीको राजनीतिमा हावी हुन थालेपछि नेता कार्यकर्ता समेत असन्तुष्ट देखिएका छन्। यसले पनि मनबहादुरलाई चुनाव जित्न सकस हुने एमालेका नेता कार्यकताहरू बताउँछन्।

मनबहादुर भने अघिल्लो पटक एमाले फराकिलो मतान्तरले विजयी भएकाले यसपटक पनि निश्चित रहेको बताउँछन्।

तर, अघिल्लो निर्वाचनको समीकरण बदलिएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको गठबन्धन बनेकाले विगतको एमालेको विरासत भत्काएरै छाड्ने दाउमा गठबन्धन देखिन्छ।

यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि दुई जना स्वतन्त्र र १२ राजनीतिक दलका उम्मेदवारसहित १४ जना निर्वाचन लड्दैछन्।

यस क्षेत्रबाट उम्मेदवारी दिनेमा नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य, मंगोल नेसनल अर्गनाइजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र माक, जनता समाजवादी पार्टीकी शर्मिला नेपाली, आमुल परिवर्तन मसिहा पार्टीका शिवप्रसाद अधिकारी, एकीकृत शक्ति नेपालकी सविना बेगम, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस, राप्रपाका सूर्यबहादुर गुरुङ, स्वतन्त्रबाट सौगात जिसी, र दिलबहादुर राना रहेका छन्।

प्रदेश सभातर्फ
त्यसैगरी क्षेत्र नं १ को प्रदेश सभा ‘क’ बाट एमालेले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी यसअघिका निर्वाचनमा विजयी हुँदै आएका पात्र हुन् भने गृहमन्त्री समेत बनेका छन्।

यसपटक खगराज गण्डकीको मुख्यमन्त्री बन्नकै लागि प्रदेश सभामा झरेका छन्। उनी गत निर्वाचनमा यही क्षेत्रको प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

त्यस्तै गठबन्धनले माओवादीका दीपक कोइरालालाई उम्मेदवार बनाएको छ। कोइराला गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको सभापति हुन्। उनी गत निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। विगतमा एमालेसँगको सहकार्यमा निर्वाचन जितेका कोइराला यसपटक उही एमालेविरुद्ध प्रतिस्पर्धा गर्देछन्।

यस्तै प्रदेश सभा (ख) बाट गठबन्धनले कांग्रेसका दीपक गुरुङलाई उम्मेदवार बनाएको छ। उनी गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १२ वडा सदस्यमा पराजित भएका थिए। 

त्यसैगरी एमालेले प्रदेश सभाका लागि वेदबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ। उनी २०७४ को निर्वाचनमा मादी गाउँपालिको अध्यक्ष बनेका थिए।

यस क्षेत्रबाट प्रदेश सभाका लागि जनमत पार्टीकी अनिता कुमाल, राप्रपाका बाबुराम थापा, हाम्रो नेपाली पार्टीका मदनबहादुर केसी, जसपाका रामकाजी चर्माकार र दुई स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। नवराज पौडेल, र विश्वराज पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विगतमा यस्तो छ अंकगणित
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेका खगराज अधिकारी ३९ हजार २४२ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाएका थिए।

खगराजले यज्ञबहादुरलाई १३ हजार ४१६ मतको फराकिलो अन्तरले हराएका थिए। त्यसबेला खगराज एमालेसहितको वाम गठबन्धनबाट चुनाव लडेका थिए। 

अहिले भने त्यस क्षेत्रमा ठीकविपरीत कांग्रेस, माओवादी लगायतका दलबीच गठबन्धन बनेको छ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा गठबन्धनका दलले पाएको मत बढी छ। यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडा अध्यक्षहरूले ३३ हजार ८३७ मत पाएका छन्। 

माओवादीका वडाध्यक्षका उम्मेदवारले तीन हजार २७८ मत प्राप्त गरेका छन्। अहिले कांग्रेस र माओवादीको मत एकै ठाउँमा जाने भएकाले उनीहरूको स्थानीय तहमा पाएको कुल मत ३७ हजार ११५ रहेको छ। 

यता प्रमुख प्रतिस्पर्धी एमालेको मत ३० हजार १९६ रहेको छ। 

स्थानीय तहको निर्वाचनमा एमालेको भन्दा गठबन्धनका वडाअध्यक्षहरूले पाएको मतान्तर ६ हजार ९१९ देखिन्छ। 

यस क्षेत्रमा कुल एक लाख १० हजार ७१५ मतदाता रहेका छन्। जसअन्तर्गत प्रदेश सभा (क)मा ५८ हजार ४४५ र प्रदेश सभा (ख) मा ५२ हजार २७० मतदाता छन्।

यस निर्वाचन क्षेत्रमा मादी र रूपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन्। स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस, रूपा गाउँपालिका एमाले र पोखरा महानगरपालिका एकीकृत समाजवादीले जितेको थियो।

२६ कात्तिक, २०७९, ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।