जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

जसको मतदान गर्ने धोको छ, तर पाउँदैनन्

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–११ स्थित मानवसेवा आश्रममा सल्यानकी ३५ वर्षीया विमला थापा आश्रय लिएर बसेकी छिन्। उनी मानसिक रोगी हुन्। अहिले त उनको स्वास्थ्यमा सुधार हुँदै पनि छ। उनी यहाँ बस्न थालेको पनि धेरै भयो। उनलाई गाउँमा बौलाहा भनेर अपमान गरिन्थ्यो। 

मंसिर ४ गते हुने निर्वाचनको सरगर्मीले सबैलाई छोइसक्यो। तर, विमलालाई भने निर्वाचनले छोएको छैन। उनको मतदाता नामावलीमा नाम नै छैन।

मानव सेवा आश्रम सुर्खेतमा ७४ जनाले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये कसैको पनि अहिले मतदाता परिचयपत्र छैन। अधिकांशसँग त नागरिकता पनि छैन। उनीहरूको मतदान गर्ने धोको छ, तर पाउँदैनन्।

विमलालाई मतदान गर्ने भने ठूलो सपना छ। तर मतदाता परिचयपत्र बनाउन परिवाले नै चासो नदिँदा सपना अधुरै छ। 

‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने त थाहा पाएकी छु। तर, अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदान गर्न पाएकी छैन’, विमलाले भनिन्, ‘नागरिकता छ, १० वर्षदेखि मानसिक रोगले छाएपछि अहिले मानवसेवा आश्रममा बसिरहेकी छु। मतदान गर्ने ठूलो धोको छ। मतदाता परिचयपत्र बनाउन कसैले सहयोग गदैनन्। बिरामी मान्छे आफूलाई केही थाहा नै छैन।’

मानव सेवा आश्रम सुर्खेतमा ७४ जनाले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये कसैको पनि अहिले मतदाता परिचयपत्र छैन। अधिकांशसँग त नागरिकता पनि छैन। उनीहरूको मतदान गर्ने धोको छ, तर पाउँदैनन्।

‘घरमा हुँदा २०६४ को संविधान सभाको चुनावमा भोट हालेकी थिएँ। भूकम्पपछि सबै कागजपत्र नष्ट भए, सहारा दिने कोही पनि भएनन्। अहिले यो आश्रममा छु’, उनले भनिन्, ‘अहिले आफूसँग नागरिकता पनि छैन। कसले बनाइदिने हो यी सबै कागजात अनि कसरी भोट हाल्ने? अरूले हालेको हेरेरै बस्ने।’

दैलेखका खड्कप्रसाद आचार्य वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रममा  छन्। ६३ वर्षीय आचार्यसँग कुनै कागजात छैन। सानो उमेरमै भारत गएका आचार्यले धेरै समय उतै बिताए।

‘पहिला नै भोट हाल्ने कागजपत्र त बनाएको थिएँ। आफू यहाँ छु। कागजपत्र साथमा छैन। भोट हाल्ने मन त थियो तर, के गर्नु न नेताले यसमा चासो राख्छन् न कोही आफन्तले’, आचार्यले भने।

रामेछाप स्थायी घर भएकी विष्णु तिवारीसँग पनि मतदाता परिचयपत्र छैन। केही वर्ष पहिले मतदान गरेको सम्झिँदै फेरि मतदान गर्ने इच्छा भने पूरा नभएको बताउँछिन्।

‘घरमा हुँदा २०६४ को संविधान सभाको चुनावमा भोट हालेकी थिएँ। भूकम्पपछि सबै कागजपत्र नष्ट भए, सहारा दिने कोही पनि भएनन्। अहिले यो आश्रममा छु’, उनले भनिन्, ‘अहिले आफूसँग नागरिकता पनि छैन। कसले बनाइदिने हो यी सबै कागजात अनि कसरी भोट हाल्ने? अरूले हालेको हेरेरै बस्ने।’

यी प्रतिनिधि पात्र मात्र हुन्। यहाँका विभिन्न आश्रमहरूमा आश्रय लिइरहेका अधिकांशसँग नागरिकता र मतदाता परिचयपत्र छैन।

प्रशान्ति वृद्धाश्रममा अहिले ११ जना महिला र १५ जना पुरुष गरी २६ जना वृद्धवृद्धा छन्। उनीहरूमध्ये सुर्खेतका स्थायी बासिन्दा केहीले यसअघि नै मतदाता परिचय पत्र बनाएर स्थानीय तहको निर्वाचनमा मतदान पनि गरे। २६ जनामध्ये ६ जनासँग नागरिकता र मतदाता नामावलीमा नाम छ। अन्यसँग नागरिकता समेत छैन्।

दैलेख स्थायी ठेगाना रहेका डम्मरबहादुर बुढासँग नागरिकता र मतदाता परिचयपत्र दुवै छ। ८० वर्षीय बुढाले यसअघिका निर्वाचनमा दैलेखमै पुगेर पनि मतदान गरे।

‘हामीले यसअघि पनि उहाँहरूको कागजपत्र खोजीका लागि पहल गरेका थियौँ। विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नागरिकताको खोजी गर्दा समेत फेला पार्न सकिएन’, उनले भनिन्, ‘जसले गर्दा सबै बुवा–आमाको मताधिकार गुमेको छ।’

जान आउन समस्या भएकोले अब मतदान गर्न नसक्ने उनी बताउँछन्। यहीँबाट मतदान गर्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायसँग अनुरोध गरे।

प्रशान्ति वृद्धाश्रम सञ्चालक समितिकी उपाध्यक्ष शितलसिं राठौर आश्रमममा बसेका २० जनासँग मतदाता परिचय पत्र नभएको बताउँछिन्।

‘आश्रममा रहनुभएका बुवा–आमाहरूसँग मतदाता परिचय पत्र नै छैन। केहीसँग मात्र छ, भएकाहरूलाई पनि मतदानमा सहभागी गराउन समस्या छ’, उनले भनिन्, ‘उनीहरूको मताधिकार सुरक्षित गर्न निर्वाचन आयोगले विशेष व्यवस्था गर्न जरुरी छ।’

यस विषयमा निर्वाचन आयोगसँग छलफल गर्दा आयोगको सुर्खेत कार्यालयले आश्रममा धेरै संख्यामा मतदाता रहेको अवस्थामा सोही स्थानमै मतदान गराउने व्यवस्था गरिदिने आश्वासन दिए पनि ६ जना मात्रै हुँदा समस्या भएको राठौरले बताइन्।

‘हामीले यसअघि पनि उहाँहरूको कागजपत्र खोजीका लागि पहल गरेका थियौँ। विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नागरिकताको खोजी गर्दा समेत फेला पार्न सकिएन’, उनले भनिन्, ‘जसले गर्दा सबै बुवा–आमाको मताधिकार गुमेको छ।’

‘आफूलाई मन परेको नेतालाई भोट हाल भनेर त भन्छौँ, छोरा नातिले हाल्छन्। उनीहरूले कता हाल्छन् हाल्छन् मलाई पत्तै हुँदैन’, उनले भनिन्, ‘आफूले हाले भोट बिग्रने भएकाले अरूलाई नै जिम्मा दिनुपर्ने बाध्यता छ।’

यता प्रदेश निर्वाचन आयोग कार्यालयका प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले अन्य जिल्लामा मतदाता नामावलीमा नाम भएकाहरूलाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाएको बताए।

आफूले मतदान गर्न पाउँदैनन्
निर्वाचनमा अधिकांश ज्येष्ठ नागरिक, मानसिक रोगी, अशक्त, अपाङ्ग र निरक्षर व्यक्तिहरूले मतदाता परिचयपत्र भए पनि आफूले मतदान गर्न पाउँदैनन्। 

उनीहरूको मत आफन्त, परिवारका सदस्य र राजनीतिक दलका प्रतिनिधिले हाल्ने गरेका छन्। यसरी मतदान गर्दा उनीहरूले इच्छाएका उम्मेदवारहरूलाई मत नजान सक्ने सम्भावना रहेको उनीहरूको गुनासो छ।

फाइल तस्बिर

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका –८ की खगिसरा दमाईले कुनै पनि निर्वाचनमा आफैँले भोट हाल्न पाइनन्। पहिले भोट हाल्न नजानेर र अहिले वृद्धावस्था भएकाले आफन्तले नै उनको मत हाल्ने गरेका छन्।

‘आफूलाई मन परेको नेतालाई भोट हाल भनेर त भन्छौँ, छोरा नातिले हाल्छन्। उनीहरूले कता हाल्छन् हाल्छन् मलाई पत्तै हुँदैन’, उनले भनिन्, ‘आफूले हाले भोट बिग्रने भएकाले अरूलाई नै जिम्मा दिनुपर्ने बाध्यता छ।’

‘ज्येष्ठ नागरिकहरूलाई मतदाता शिक्षामा जोड दिएर उनीहरूले आफ्नो मत आफैँ हाल्ने गरी सक्षम बनाउन आवश्यक छ’, उनले भने, ‘छोराछोरी र आफन्तले आफ्नो इच्छाअनुसार नभएर अर्को ठाउँमा मतको प्रयोग हुने सम्भावना पनि बढी हुन्छ।’

दैलेखकै महाबु गाउँपालिका –२ की जैकला सुनार पनि हरेक निर्वाचनमा आफैँ भोट हाल्न पाउँदिनन्। अहिले उनी ७१ वर्षकी भइन्। आफूले भोट हाल्दा बिग्रन्छ भन्ने डरले उनले छोराहरूलाई नै भोट हाल्न लगाउँछिन्।

‘महिला र बुढाबुढीले भोट हाल्न जान्दैनन्, बिग्रिन्छ भन्छन्। त्यही भएर छोराहरूले नै भोट हाल्छन्’, उनले भनिन्।

मतदाता शिक्षामा जोड दिएर ज्येष्ठ नागरिकलाई आफ्नो मत आफैँ हाल्नसक्ने बनाउनुपर्ने ज्येष्ठ नागरिक संघ दुल्लुका अध्यक्ष कृष्ण भण्डारीले बताए।

‘ज्येष्ठ नागरिकहरूलाई मतदाता शिक्षामा जोड दिएर उनीहरूले आफ्नो मत आफैँ हाल्ने गरी सक्षम बनाउन आवश्यक छ’, उनले भने, ‘छोराछोरी र आफन्तले आफ्नो इच्छाअनुसार नभएर अर्को ठाउँमा मतको प्रयोग हुने सम्भावना पनि बढी हुन्छ।’

२६ कात्तिक, २०७९, ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।