माइनस २५ डिग्री तापक्रमको ‘कोल्ड रुम भवन’ उद्घाटन, मंसिरबाट सञ्चालनमा आउने

माइनस २५ डिग्री तापक्रमको ‘कोल्ड रुम भवन’ उद्घाटन, मंसिरबाट सञ्चालनमा आउने

काठमाडौं : औषधि तथा खोपको मौज्दात गर्नका लागि नयाँ कोल्ड रुम भवन सञ्चालनमा आउने भएको छ।

बुधबार टेकुमा स्वास्थ्य सचिव रोशन पोख्रेलले नयाँ कोल्ड रुम भवन उद्घाटन गरेसँगै सञ्चालनमा आउने भएको हो।

वान हर्ट वर्ल्डवाइडको आर्थिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा भवन निर्माण गरिएको हो स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले जानकारी दिए। 

कोल्ड रूम भवनमा मंसिर महिनाभित्र सञ्चालनमा आउनेछ। नयाँ भवनमा माइनस २५ डिग्री सेल्सियससम्मको तापक्रममा राख्नुपर्ने खोप तथा औषधि राख्न सकिने महाशाखाका कोल्ड चेन तथा भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख बडेबाबु थापाले जानकारी दिए।

अहिले माइनस २५ डिग्री सेल्सियससम्मको तामक्रममा खोप तथा औषधि राख्न मिल्ने क्षमता कम भएको र यो भवन सञ्चालमा आएपछि खोप तथा औषधि भण्डारणको क्षमता बढ्ने विभागले जनाएको छ।

नयाँ कोल्ड चेन भवनमा राख्नका लागि दुई वटा फ्रिज आइसकेका र एउटा आउन बाँकी छ।

२३ कात्तिक, २०७९, २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।