सन् २०२२ मा विश्व तापमान कति पुग्छ ?

सन् २०२२ मा विश्व तापमान कति पुग्छ ?

एजेन्सी: संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ।

सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो। त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ। 

कोप-२७ सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्,‘जलवायु परिवर्तनका सवालमा गम्भीर नबनेमा हामी ठूलो संकटमा हुनेछौँ।

विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ।

कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ।

२१ कात्तिक, २०७९, १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।