धरानमा भोलि सार्वजनिक बिदा

धरानमा भोलि सार्वजनिक बिदा

काठमाडौं : धरान उपमहानगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।

कात्तिके पूणिर्मा एवं बराहक्षेत्र मेलाको अवसरमा उपमहानगरले बिदा दिन लागेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए।

यस दिन नगर मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय (अत्यावश्यक सेवा बाहेक), विद्यालय बन्द हुनेछ। नगरले कलेजहरूलाई पनि बिदा दिन अनुरोध गरेको छ।

२१ कात्तिक, २०७९, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।