प्लेब्वाय किंग : ६१ बर्षमा ८८ पटक विवाह गर्ने पुरुष

प्लेब्वाय किंग : ६१ बर्षमा ८८ पटक विवाह गर्ने पुरुष

एजेन्सी : तपाईंले आजसम्म एक व्यक्तिले २,३,४ पटक विवाह गरेको त सुन्नु भएको होला। तर, ६१ वर्षीय पुरुषले ८८ औं पटक विवाह गर्न लागेको भने सायदै सुन्नु भएको छैन होला। 

एक इन्डोनेसियाका प्ले ब्वाई राजाले अहिलेसम्म ८७ पटक विवाह गरिसकेका छन्। अब उनले ८८ औं बिहे गर्न लागेका छन्। तर, यसपटकको उनको दुलही उनकी पूर्व पत्नी हुन्। जससँग उनले ८६ औं विवाह गरेका थिए। यो विवाह एक महिना मात्र टिकेको थियो ।

उनी पहिलो पटक विवाह गर्दा १४ वर्ष उमेरका थिए। यसरी आफ्नो उमेरभन्दा बढी विवाह गर्ने उनको नाम कान हो। उनलाई ‘प्लेब्वाय किंग’ उपनाम दिइएको छ।

पश्चिम जाभाको माजेलेङ्कामा बस्ने ६१ वर्षीय कान पेसाले किसान हुन्। कानले भर्खरै खुलासा गरे कि उनले १४ वर्षको उमेरमा विवाह गर्न थालेका थिए र आफ्नी पहिलो श्रीमती आफूभन्दा दुई वर्ष जेठी थिइन्। 

पुरानो माया बिर्सन नसकिने कान बताउँछन्, आफ्नी पुर्व श्रीमतीले उनलाई अझै माया गरिरहेकी छिन्, यद्यपि उनीहरुको बिहे त्यतिबेला एक महिना मात्रै टिकेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए। 

लामो समयदेखि उनीहरु अलग भएका थिए तर उनीहरुबीच केही सम्बन्ध भने रहेको थियो । हामी अलग भएको धेरै समय भयो तर हामी बीचको माया अझै बलियो छ। जब उनले फर्कने इच्छा व्यक्त गरिन् तब कानले अस्वीकार गर्न सकेनन्।

अध्यात्मको सहारा लिएर महिलाहरूलाई दिवाना बनाउने कान भन्छन्, 'म महिलाका लागि राम्रो नहुने काम गर्न चाहन्नँ। म उनीहरुको भावनासँग खेल्न पनि चाहन्नँ। यदि एउटी महिला फेरि म कहाँ आउन चाहन्छिन् भने म इन्कार गर्दिनँ।

उमेरभन्दा बढी विवाह गर्ने कान अहिले विश्वभर चर्चित छन् । तर, उनका कति सन्तान छन् भन्ने स्पष्ट छैन।

२० कात्तिक, २०७९, १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।