एजेन्सी: पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुएर्टो रिकोले एकापसमा विवाह गरेका छन्। अर्जेन्टिनाकी मारिआना भरेला र पुएर्टो रिकोकी फाबिओला भ्यालेन्टिनले विवाह गरेका हुन्।
नेपाल बाहिर
उनीहरू सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगितामा आ-आफ्नो देशको प्रतिनिधित्व गर्दै गएका थिए। त्यहीँ पहिलो पटक उनीहरू भेटेका थिए। उनीहरू दुवै त्यो प्रतियोगितामा टप १० मा पुग्न सफल भएका थिए।
यसपछि उनीहरू सामाजिक सञ्जालमा जोडिएर नजिकका साथी भएका थिए। तर फ्यानहरूलाई भने गुमराहमा राखेर उनीहरू त्यससबीच एकअर्कालाई डेट गरिरहेको खुलेको छ।
इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनीहरूले आफूहरू विवाहित भएको खुलाएका हुन्। भिडियोमा उनीहरूले एकअर्कालाई चुम्बन गरेको, घुमेको, विवाहको प्रस्ताव गरेको लगायत निजी पलहरू सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार उनीहरूले अक्टुबर २८ मा विवाह गरेका हुन्।
२०७९ कात्तिक १७ गते १२:०० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।