काठमाडौं : छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा व्रतालुहरूले सूर्यलाई अर्घ्य दिएका छन्।
फोटो कथा
निर्जल र निराहार ब्रत बसेका उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
यसैबीच सूर्यलाई अर्घ्य चढाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आइतबार साँझ कमल पोखरी पुगेकी थिइन्। उनले त्यो अवसरमा ज्येष्ठ नागरिकलाई प्रमाणपत्रसहित सम्मान गरेकी थिइन्।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतको उपस्थिति थियो।
२०७९ कात्तिक १३ गते १८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।