बुटवल : बुटवलको तिनाउ नदीमा छठ पर्व मनाइएको छ।
फोटो कथा
विहानदेखि व्रत बसेका हिन्दु नारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका हुन्।
छठ पर्व मनाइरँदा एमालेको तर्फबाट रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलसमेत तिनाउ नदीकिनार पुगेका थिए।
उनले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै शुभकामना पनि आदानप्रदान गर्न भ्याए।
सोहि निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा १ का उम्मेदवार लिला गिरी, २ का उम्मेदवार भोज प्रसाद श्रेष्ठ समेत उनीसँग नदी किनार गएका थिए।
२०७९ कात्तिक १३ गते १८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।