काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड लागेको छ। विहानैदेखि भाइटीका लगाउने र लगाइदिनेको भीड लागेको हो।
फोटो कथा
दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वरलाई पूजा गरेर टीका लगाउने गर्छन्।
भाइटीकाका अवसरमा बिहीबार विहानैदेखि मन्दिर खोलिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न पाउने आउने क्रम जारी छ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो।
त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए। त्यसबेला छठमा भने मन्दिर खुला गर्ने गरिएको थिएन।
याे मन्दिर हरेक वर्ष भाइटीकाकाे दिनमा मात्र खुलाउने गरिन्छ।
२०७९ कात्तिक १० गते १५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।